श्रावण ३, २०८२ शनिबार July 19, 2025

‘पानोर्मा फार्मेसी’ लाई कारबाही गर्न औषधी व्यवस्था विभागलाई सिफारिस

फार्मेसी सञ्चालकले म्याद गुज्रेको औषधी बिक्री गरेको स्वीकार गरेपछी कारवाही

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असार ४ गते। काठमाडौँ महानगरपालिकाले महाराजगन्जको शिक्षण अस्पतालको प्राङ्गणमा रहेको पानोर्मा फार्मेसी’लाई कारबाहीको सिफारिस गरेको छ।

काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले ‘पानोर्मा फार्मेसी’लाई कारबाही गर्न माग गर्दै औषधी व्यवस्था विभागलाई पत्र पठाएको हो।

उपभोक्ताको गुनासो आएपछि महानगरपालिकाको अनुगमन टोलीले फार्मेसीको अनुगमन गर्दा म्याद सकिएका औषधी बरामद भएपछि महानगरपालिकाले यस्तो सिफारिस गरेको हो।

फार्मेसी सञ्चालकले म्याद गुज्रेको औषधी बिक्री गरेको स्वीकार गरेको महानगरपालिकाले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया