असार १५, २०८१ शनिबार June 29, 2024

राष्ट्रपति पौडेलद्वारा जर्मनीमा पूर्वी बर्लिन क्षेत्रको अवलोकन

राष्ट्रपति पौडेल मंगलबारै स्वदेश फर्कने क्रममा बर्लिनबाट कतारको दोहा प्रस्थान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः राष्ट्रपति रामचन्द्र पौडेलले जर्मनी भ्रमणको क्रममा मंगलबार पूर्वी बर्लिन क्षेत्र अवलोकन भ्रमण गरेका छन् । उनले बर्लिनस्थित नेपाली राजदूतावासको निरीक्षण पनि गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले भ्रमणको क्रममा गरेको मिहिनेतको प्रशंसा गर्दै राजदूतलगायतका कर्मचारीले नेपालमा जर्मनी लगानी भित्र्याउन मिहिनेत गर्नुपर्न आवश्यकता औँल्याए । भ्रमण दलमा प्रथम महिला सविता पौडेल, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्च अधिकारीको पनि सहभागिता छ ।

जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल शनिबार राति जर्मनी पुगेका हुन् । सोमबार राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति फ्रयांक वाल्टर स्टाइनमायरबीच जर्मनीको बर्लिनमा प्रतिनिधिमण्डल स्तरीय भेटवार्ता भएको थियो । सन् १९८६ यता राष्ट्र प्रमुखको तहमा नेपालबाट जर्मनीमा भएको राष्ट्रपति पौडेलको यो पहिलो भ्रमण भएको बताइएको छ ।

राष्ट्रपति पौडेल मंगलबारै स्वदेश फर्कने क्रममा बर्लिनबाट कतारको दोहा प्रस्थान गरेका छन् । उनी बुधबार नेपाल आइपुग्ने कार्यक्रम छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री, ज्वालाकुमारी साह (अन्तवार्ता)
२०८१ असार १५, शनिबार
उपभोक्तामैत्री कानुन आवश्यक छ : मन्त्री गिरी
२०८१ असार १५, शनिबार
साउन १ गतेदेखि वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण ‘अनलाइन’बाट
२०८१ असार १५, शनिबार
बेरुजु फछ्र्यौट गर्न तदारुकता देखाइनुपर्छ : सभामुख घिमिरे
२०८१ असार १५, शनिबार
पहिरोपीडितलाई आर्थिक सहयोग
२०८१ असार १५, शनिबार
काठमाडौंका यी क्षेत्रमा आज सात घन्टा विद्युत अवरूद्ध हुने
२०८१ असार १५, शनिबार
कमल थापा भन्छन् – रुसमा ३५ नेपालीको मृत्यु भइसक्यो, प्रधानमन्त्री र परराष्ट्रमन्त्री के गर्दै हुनुहुन्छ ?
२०८१ असार १५, शनिबार