कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

पाँच सय र हजारका नोट तत्काल प्रतिबन्ध लगाउनुपर्छ : कांग्रेस उपसभापति गुरुङ

अवैध रुपमा राखिएका धनराशी पनि पाँच सय र हजारका नोटमा प्रतिबन्ध लगाएपछि बाहिर आउने दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ-प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पाँच सय र हजारका नोट प्रतिबन्ध लगाउन सरकारसँग माग गर्नुभएको छ । मुलुकमा आर्थिक सुशासन कायम गर्ने हो भने सरकारले पाँच सय र हजारको नोट प्रतिबन्ध लगाउनुपर्ने उहाँको जिकिर थियो ।

बुधबार प्रतिनिधि सभा बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिनुहुँदै उपसभापति गुरुङले ती नोटहरु प्रतिबन्ध गरियो भने मुलुकमा ८० प्रतिशत भ्रष्टाचार नियन्त्रण हुने, सोही अनुपातमा गैरकानुनी कारोबार रोकिने र ८० प्रतिशत राजस्व चुहावट नियन्त्रण हुने दाबी समेत गर्नुभयो ।

उहाँले अवैध रुपमा राखिएका धनराशी पनि पाँच सय र हजारका नोटमा प्रतिबन्ध लगाएपछि बाहिर आउने उल्लेख गर्नुभयो ।

‘‘आर्थिक सुशासनका लागि मेरो प्रस्ताव हो यो, पाँच सय र हजारको नोट प्रतिबन्ध गर्न सक्नुपर्दछ । सरकारमा बसेका साथीहरुलाई यो निवेदन गर्न चाहन्छु, सभामुख महोदय । आजको दिनमा यदि आर्थिक सुशासन सुशासन कायम गर्ने हो भने हामीले पाँच सय र हजारको नोट अब प्रतिबन्ध गरेर जान आवश्यक छ ।,’’  उपसभापति गुरुङले भन्नुभयो, ‘‘यदि यी नोटहरु प्रतिबन्ध ग¥यौं भने ८० प्रतिशत गैरकानुनी कारोबार रोकिन्छ । ८० प्रतिशत भ्रष्टाचार नियन्त्रण हुन्छ । र ८० प्रतिशत राजस्व चुहावट नियन्त्रण हुन्छ । यसरी जाने हो नि त । अनि सिरानी मुनि भएका पैसा, खाटमुनि भएका पैसा, जमिनमुनि भएका पैसा, पानीमुनि भएका सबै पैसा बाहिर आउँछ ।’’

उपसभापति गुरुङले सिरानी मुनि, खाटमुनि, जमिनमुनि र पानीमुनि भएका सबै पैसा बाहिर ल्याउनका लागि पनि सरकारले पाँच सय र हजारको नोटमा तत्काल प्रतिबन्ध लगाउन आवश्यक रहेको बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया