श्रावण ५, २०८२ सोमबार July 21, 2025

आइसिसी टि-२० विश्वकप क्रिकेटः ‘सुपर ८’ को पहिलो खेलमा दक्षिण अफ्रिका विजयी

सहआयोजक अमेरिका १८ रनले पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आइसिसी टि-२० विश्वकप २०२४ अन्तर्गत ‘सुपर ८’ को पहिलो खेलमा दक्षिण अफ्रिका विजयी भएको छ । वेस्ट इन्डिजको स्टेडियममा पहिलो पटक विश्वकप क्रिकेट खेलिरहेको सहआयोजक अमेरिका १८ रनले पराजित भएको हो ।

१ सय ९५ रनको लक्ष्य पछ्याएको अमेरिका निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७६ रनमा समिटियो । अमेरिकाका एन्ड्रिस गौसले ४७ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ८० रन बनाए ।

बलिङतर्फ दक्षिण अफ्रिकाका कागिसो रबाडाले ३ विकेट लिए । त्यसअघि सर भिभियन रिचर्ड्स रंगशाला नर्थ साउण्डमा टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ४ विकेट गुमाउँदै १९४ रन बनाएको थियो ।

हालसम्म विश्वकप उपाधी जित्न नसकेको दक्षिण अफ्रिका समूह डी बाट ४ खेलमा अपराजित रहँदै ‘सुपर ८’ मा पुगेको थियो । ‘सुपर ८’ अन्तरगतको दोस्रो खेलमा अहिले सहआयोजक समेत रहेको वेस्ट इन्डिज र इङ्ल्याण्डबीचको खेल जारी छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया