श्रावण ५, २०८२ सोमबार July 21, 2025

लगातार दोस्रो जितपछि जर्मनी युरोकपको नकआउट चरणमा

जर्मनीले हंगेरीलाई २-० गोल अन्तरले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः जर्मनीले जारी युरोकपमा लगातार दोस्रो जित हासिल गरेको छ ।

गएराती सम्पन्न समुह ए अन्तर्गतको खेलमा जर्मनीले हंगेरीलाई २-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो ।

जर्मनीको जितमा जामल मुसियाला र इक्के गुनडोगानले एक एक गोल गरेका थिए ।

More Musiala magic sees Germany beat Hungary 2-0 and reach Euro 2024  knockout stage - World - Sports - Ahram Online

यो जितपछि जर्मनीको समुह ए मा २ खेलमा ६ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । यो जितपछि जर्मनी यस युरोकपको नकआउट चरणमा पुग्ने पहिलो देश बनेको छ । त्यसैगरी हंगेरीले भने प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको छ ।

अब जर्मनीले अर्को खेल जुन २४ मा स्वीजरल्याण्डसँग खेल्ने छ भने हंगेरीले स्कटल्याण्डसँग खेल्ने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया