श्रावण ३, २०८२ शनिबार July 19, 2025

सरुवा रोग अस्पतालको निर्देशकमा डा. युवानिधि बसौला

डा. बसौला तीन साता पछि पुनः सरुवा रोग अस्पतालको निर्देशकमा फर्किए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ : टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा. युवानिधि बसौलाले जिम्मेवारी पाएका छन्।

स्वास्थ्य मन्त्री प्रदीप यादवले बुधबार मन्त्रीस्तरिय निर्णय गर्दै डा. बसौलालाई अस्पतालको आर्थिक तथा प्रशासनिक अधिकारसहितको निर्देशकको जिम्मेवारी दिएको हुन्।

डा. बसौला तीन साता पछि पुनः सरुवा रोग अस्पतालको निर्देशकमा फर्किएका हुन्।

मन्त्री यादवले गत जेठ ११ गते डा बसौलालाई कान्ति अस्पतालमा सरुवा गरेका थिए। तर उक्त निर्णयको तीन सातापछि बुधबार डा. बसौलालाई पुनः टेकुमा फिर्ता पठाइएको हो।

डा. बसौलाले बिहीबार बिहान पत्र बुझेसँगै उनी टेकु अस्पताल पुगेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया