श्रावण ३१, २०८३ आइतबार August 16, 2026

‘आइपिभी’ खोप लगाउन छुटेका बालबालिकालाई पुनः लगाईने

पोलियो खोप लगाउन छुटेका बालबालिकालाई पुनः खोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: जनस्वास्थ्य कार्यालय काठमाडौँले पोलियोविरुद्धको ‘आइपिभी’ खोप लगाउन छुटेका बालबालिकालाई पुनः लगाउने भएको छ ।

गत जेठ १३ देखि २६ गतेसम्म सञ्चालन भएको पोलियोविरुद्धको ‘आइपिभी’ खोप अभियानका क्रममा छुटेका बालबालिकालाई पुनः खोप लगाउन थालिएको कार्यालयका प्रमुख डा अर्जुनप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

“काठमाडौँमा श्रम क्षेत्र र खोला किनारामा पनि कतिपय बसोबास गरिरहेका बालबालिकालाई खोप लगाउन छुटेको छ कि भन्ने हाम्रो अनुमान छ”, उहाँले भन्नुभयो, “त्यस्ता खोप लगाउन छुटेका बालबालिकालाई हामीले पुनः खोप लगाउनेछाँै ।” उहाँका अनुसार असार मसान्तभित्र नियमित खोप कार्यक्रम सञ्चालन हुनेछ । उहाँले खोप केन्द्रमा ती छुटेका बालबालिकालाई प्रत्येक हप्ता खोप लगाइने बताउनुभयो ।

काठमाडौँ जिल्लामा रहेका ११ स्थानीय तहमा ९७ हजार तीन सय ८० बालबालिकालाई खोप लगाउने लक्ष्य राखे पनि ९२ हजार नौ सय ९८ बालबालिकालाई पोलियोविरुद्धको ‘आइपिभी’ खोप लगाइएको थियो । सरकारले २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका १४ लाख ६२ हजार सात सय १२ बालबालिकालाई पोलियोविरुद्धको खोप ‘आइपिभी’ लगाउने लक्ष्य राखेको छ ।

खोप लगाउन छुटेका बालबालिकालाई पोलियो रोग लाग्ने उच्च जोखिम रहेकाले यस वर्ष सरकारले खोप अभियान सञ्चालन गर्नुपरेको थियो । सरकारले सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा
२०८३ श्रावण ३१, आइतबार
प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा बन्द
२०८३ श्रावण ३१, आइतबार
भारतीय प्रधानसेनापति धीरज सेठ काठमाडौं आउँदै
२०८३ श्रावण ३१, आइतबार
नागार्जुनमा २४ विद्यालयबीच नेपाली हिज्जे प्रतियोगिता, ज्योति एकेडेमी प्रथम
२०८३ श्रावण ३१, आइतबार
नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवापछि सेवाग्राही आकर्षित
२०८३ श्रावण ३१, आइतबार
निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्ने
२०८३ श्रावण ३१, आइतबार
भारी वर्षाले पूर्वी जापानमा जनजीवन प्रभावित, नौ जनाको मृत्यु
२०८३ श्रावण ३१, आइतबार