श्रावण ४, २०८२ आइतबार July 20, 2025

डेनमार्कसँग बराबरीमा रोकियो इङल्याण्ड

समुह चरणको अन्तिम खेलमा इङल्याण्डले जुन २६ मा स्लोभेनियासँग र डेनमार्कले सोहि दिन सर्बियासँग खेल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः इङल्याण्ड डेनमार्कसँग बराबरीमा रोकिएको छ । जारी युरोकपको समुह सी अन्तर्गतको खेलमा डेनमार्कले इङल्याण्डलाई १-१ गोलको बराबरीमा रोकेको हो ।

गएराती सम्पन्न खेलमा इङल्याण्डले खेलको १८औ मिनेटमा ह्यारी केनको गोलमा शुरुवाती अग्रता लिएपनि अग्रता जोगाउन नसक्दा अंक बाँडेको थियो । डेनमार्कका लागि खेलको ३४औं मिनेटमा मोर्टेन हजुलमण्डले डी बक्स बाहिरबाट शानदार गोल गर्दै खेल बराबरी गरेका थिए । त्यसपछि खेलमा कुनै गोल भएन र दुवै देशले एक एक अंक बाँडेका थिए ।

यो बराबरीपछि समुह सी मा इङल्याण्डको २ खेलमा ४ अंक भएको छ भने डेनमार्कको २ खेलमा २ अंक भएको छ ।

अब समुह चरणको अन्तिम खेलमा इङल्याण्डले जुन २६ मा स्लोभेनियासँग र डेनमार्कले सोहि दिन सर्बियासँग खेल्ने तालिका रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार