श्रावण ३, २०८२ शनिबार July 19, 2025

कर्मचारीको विवरण खोज्दै स्वास्थ्य मन्त्रालय

स्वास्थ्यमा ठूलो संख्यामा कर्मचारी फाजिल तथा अस्पतालहरूमा कर्मचारीको अभाव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघ मातहतका अस्पताल तथा निकायहरूको कर्मचारी विवरण खोज्न थालेको छ ।

मन्त्रालयले बिहीबार पत्राचार गर्दै दरबन्दीअनुसार कर्मचारी रिक्त भएको वा बढी भएको तथा फाजिलमा रहेका समेतको विवरण तीन दिनभित्र पठाउन निर्देशन दिएको छ ।

स्वास्थ्यमा ठूलो संख्यामा कर्मचारी फाजिल तथा अस्पतालहरूमा कर्मचारीको अभाव देखिएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पटक–पटक कर्मचारी विवरण माग गर्दै आएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया