श्रावण ४, २०८२ आइतबार July 20, 2025

आइसिसी टि-२० विश्वकप क्रिकेट : अस्ट्रेलियाले बङ्गलादेशलाई २८ रनले हरायो

शुक्रबार राति ८ः१५ बजे इङ्ग्ल्याण्ड र दक्षिण अफ्रिकाबिच खेल हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आइसिसी टि–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर आठको खेलमा अस्ट्रेलियाले बङ्गलादेशलाई २८ रनले पराजित गर्दै विजयी भएको छ । नर्थ साउन्डमा भएको उक्त खेल पानी परेर खेल अवरुद्ध भएपछि डकवर्थ एण्ड लुइस (डिएलएस) पद्धतिका आधारमा अस्ट्रेलिया विजयी भएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४० रनको योगफल बनाएको थियो ।

एक सय ४१ रनको विजयी लक्ष्य पछयाएको अस्ट्रेलिया ११ दशमलव २ ओभरको खेल चलिरहँदा पानी परेपछि खेल प्रभावित बनेको थियो । त्यतिबेला अस्ट्रेलियाले दुई विकेट गुमाएर १०० रन बनाएको थियो । त्यसपछि पानी नरोकिएपछि डिएलएस मेथडका आधारमा अस्ट्रेलियालाई विजयी घोषणा गरिएको हो ।

अस्ट्रेलियाका लागि डेभिड वार्नरले ३५ बलमा पाँच चौका र तीन छक्काको सहयोगमा अविजित ५३ रन बनाउनुभएको थियो । त्यस्तै ट्राभिस हेडले २१ बलमा तीन चौका र दुई छक्काको सहयोगमा ३१ रन बनाउनुभयो ।

त्यसअघि पहिला ब्याटिङ गरेको बङ्गलादेशका कप्तान नजमुल हृदोय शान्टोले सर्वाधिक ४१ रनको योगदान दिनुभयो । उहाँले ३६ बलमा पाँच चौका र एक छक्का प्रहार गर्दै ४१ रन बनाउनुभएको हो । त्यस्तै टोहिद हरिडोइले २८ बलमा दुई चौका र दुई छक्काको सहयोगमा ४० रन बनाउनुभयो ।

बलिङतर्फ अस्ट्रेलियाका प्याट कमिन्सले तीन विकेट लिनुभयो भने एडम जाम्पाले दुई तथा मिचेल स्टार्च, मार्कस स्टोइनिस र ग्लेन म्याक्सवेलले समान एक/एक विकेट लिनुभयो । विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार राति ८ः१५ बजे इङ्ग्ल्याण्ड र दक्षिण अफ्रिकाबिच खेल हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार