मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

युरो कप फुटबलमा आज पाेर्चुगल र टर्की खेल्दै

युरो कप फुटबलमा लगातार दोस्रो जितसहित समूह ‘बी’ को स्पेन अन्तिम १६ मा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः युराेपेली फुटबलकाे सबैभन्दा ठूलाे प्रतियाेगिता युरो कप फुटबलमा आज ३ वटा खेल हुँदैछन् ।

पहिलो खेलमा बेलुकी पौने ७ बजे समूह ‘एफ’ का जर्जिया र चेक रिपब्लिक खेल्दैछन् । यो खेल हमबर्गमा हुनेछ । चेक रिपब्लिक र जर्जिया दुवै टोलीले पहिलो खेल हारेका थिए । चेक रिपब्लिक अङ्क तालिकाको तेस्रो र जर्जिया पुछारमा छ ।

यस्तै राति पौने १० बजे समूह ‘एफ’ कै पोर्चुगल र टर्की खेल्दैछन् । यो खेल डर्टमन्डमा हुनेछ । पोर्चुगल र टर्की दुवै टोलीले पहिलो खेल जित्दै ३ अङ्क जोडेका छन् । टर्की तालिकाको शीर्ष र पोर्चुगल दोस्रो स्थानमा छ ।

unn.prixa.net

यसैगरी राति पौने १ बजे समूह ‘ई’ का बेल्जियम र रोमानिया खेल्दैछन् । यो खेल कलोनमा हुनेछ । रोमानियाले पहिलो खेल जितेको थियो भने बेल्जियम पराजित भएको थियो । रोमानिया ३ अङ्कसहित तालिकाको शीर्ष र बेल्जियम पुछारमा छ ।

युरो कप फुटबलमा लगातार दोस्रो जितसहित समूह ‘बी’ को स्पेन अन्तिम १६ मा पुगिसकेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वैशाखमा स्थानीय र मंसिरमा प्रदेशसभा निर्वाचन गर्ने आयोगको प्रस्ताव
२०८३ मंग्सिर ४, शुक्रबार
डिजिटल सुरक्षा र साक्षरता अभिवृद्धि सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ मंग्सिर ४, शुक्रबार
भारत भ्रमण स्वीकृत गर्दै मन्त्रिपरिषद् बैठकले गर्यो सात महत्त्वपूर्ण निर्णय
२०८३ मंग्सिर ४, शुक्रबार
जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ
२०८३ मंग्सिर ४, शुक्रबार
नेपाल-नर्वे जलवायु सहकार्य सुदृढ बनाउनबारे छलफल
२०८३ मंग्सिर ४, शुक्रबार
इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी
२०८३ मंग्सिर ४, शुक्रबार
राप्रपा महाधिवेशनमा अध्यक्षका लागि ज्ञानेन्द्र शाही पनि मैदानमा
२०८३ मंग्सिर ४, शुक्रबार