काठमाडौं : जर्जिया र चेक रिपब्लिकले बराबरी खेलेका छन्। जारी युरोकपको समुह एफ अन्तर्गतको शनिबार सम्पन्न खेलमा जर्जिया र चेक रिपब्लिक १-१ गोलको बराबरी खेलेपछि एक एक अंक बाँडेका हुन्।
पहिलो हाफमा जर्जस मिकाउटाजेको गोलमा जर्जियाले अग्रता लिएकोमा खेलको ५९औं मिनेटमा पाट्रीक सचिकले गोल गर्दै खेल बराबरी गरेका थिए।
यस अघि आ-आफ्नो पहिलो खेल हारेका जर्जिया र चेक रिपब्लिकले दोस्रो खेलमा एक एक अंक हासिल गरेका छन्। पहिलो खेलमा जर्जिया टर्कीसँग ३-१ गोल अन्तरले पराजित भएको थियो भने चेक रिपब्लिक पोर्चुगलसँग २-१ गोलले पराजित भएको थियो।
अब समूह चरणको अन्तिम खेलमा जुन २७ मा जर्जियाले पोर्चुगलको सामना गर्ने छ भने चेक रिपब्लिकले सोही दिन टर्कीको सामना गर्ने छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया