असार १६, २०८१ आइतबार June 30, 2024

सहाना प्रधान स्मृति यु–१९ भलिबल : पुरुषतर्फ सुदूरपश्चिमको विजयी सुरुआत

सुदूरपश्चिमले कर्णाली प्रदेशलाई ३–१ को सेटमा हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौ : सहाना प्रधान स्मृति यु–१९ महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्ड हलमा सोमबार सुदूरपश्चिमले कर्णाली प्रदेशलाई ३–१ को सेटमा हरायो ।

यसैगरी सोमबार सम्पन्न महिलातर्फका खेलमा कोशी र बागमती प्रदेशले जित हासिल गरेका छन् । कोशीले कर्णालीलाई ३–० तथा बागमतीले गण्डकीलाई ३–० ले पराजित गरे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया