मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

सिरहाको वर्धमान अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क शल्यक्रिया

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मुकेश कुमार यादव/ सिरहा, १० असार। सिरहोको गोलबजारस्थित वर्धमान होस्पिटलमा पाठेघर खस्ने समस्याको निःशुल्क शल्यक्रिया गर्ने भएको छ। मधेश प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा अस्पतालले भोली ११ गतेबाट शिविर सञ्चालन गर्न लागेको हो।

अझैपनि गाउँघरमा पाठेघरको समस्याबाट पीडित रहेकाले निर्देशनालयले हामीसँगको साझेदारीमा पाठेघर खस्ने समस्याको शल्यक्रिया शिविर आयोजना गरेको अस्पतालका व्यवस्थापक डाक्टर शारीका गोइतले जानकारी दिए।

उनले भने, ‘धेरै महिला पाठेघर खस्ने समस्याबाट पीडित हुनुहुन्छ, कतिपयले लोकलाजका कारण रोग लुकाएका छन् भने कतिपयले आर्थिक समस्याका कारण शल्यक्रिया गर्न सकेका छैनन्। आर्थिक अभावका कारण उपचार गराउन असमर्थहरूलाई निःशुल्क उपचार, शल्यक्रिया एवम् उचित परामर्शको दिन्छौं।’

‘यो पनि एउटा रोग नै हो, त्यसैले हामी त्यस्ता सबै बिरामीलाई रोग लुकाएर नबस्न आग्रह गर्दछौँ; भने। उनले औषधी, अस्पताल बस्दा विरामीका खानासमेत उपलब्ध रहेको बताए। विरामीको अप्रेशन स्त्रि तथा प्रशुतिरोग विशेषज्ञद्वय डा.शारीका गोइत र तेजशंकर यादवको टिमले गर्ने बताए।

सुत्केरी हुने भएको केही दिनपछि नै भारी बोक्ने जस्ता शारीरिक श्रमको काम गर्दा प्रायः ३५ वर्षमाथिमा महिलाहरुमा यस्तो समस्या देखिने गरेको छ। नेपालमा सरदर ६०-६५ प्रतिशत महिला यो रोगबाट पीडित रहेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तल्लो अरुण जलविद्युत् आयोजना : सोमबार शिलान्याश हुँदै
२०८३ मंग्सिर ६, आइतबार
दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न धनकुटाका किसानको माग
२०८३ मंग्सिर ६, आइतबार
अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता
२०८३ मंग्सिर ६, आइतबार
साहित्यकारले विकृतिमाथि प्रश्न उठाउँदै सकारात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्छ : सभामुख अर्याल
२०८३ मंग्सिर ६, आइतबार
पर्सामा आर्थिक अपराधका घटना सबैभन्दा बढी, एक महिनामा ४९ मुद्दा दर्ता
२०८३ मंग्सिर ६, आइतबार
सन्दीपको घातक बलिङ र कुशलको अर्धशतक, यूएईमाथि नेपालको ६ विकेटको शानदार जित
२०८३ मंग्सिर ६, आइतबार
झापा महिला गोल्डकप : १० गोल गर्दै आर्मीले काट्यो सेमिफाइनलको टिकट
२०८३ मंग्सिर ६, आइतबार