असार १६, २०८१ आइतबार June 30, 2024

युरोकप फुटबलः इङ्ल्याण्ड समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश

समूह ई र एफमा भने अन्तिम चरणको खेल बाँकी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः युरोपेली च्याम्पियनसिप २०२४ अन्तर्गत समूह सी अन्तर्गत अन्तिम चरणको दुवै खेल बराबरीमा सम्पन्न भएको छ।

जर्मनीको कोल्नमा इङ्ल्याण्ड र स्लोभेनियाको खेल गोलरहित बराबरीमा सकिँदा डेनमार्क र सर्बियाको खेलमा पनि गोल हुन सकेन । यससँगै इङ्ल्याण्ड ५ अंकका साथ समूह विजेताको रुपमा अन्तिम १६ मा पुगेको छ।

डेनमार्क र स्लोभेनियाले पनि अन्तिम १६ मा स्थान बनाएका छन्। दुवै टोलीको समान ३-३ अंक र गोल भएपनि कम पहेंलो कार्डका आधारमा डेनमार्क समूह उपविजेता बन्यो। स्लोभेनिया पनि अन्तिम १६ मा पुग्दा २ अंक जोडेको सर्बिया भने बाहिरिएको छ।

यसअघि समूह डी मा अष्ट्रियाले नेदरल्यान्ड्सलाई ३-२ ले पराजित गर्दै समूह विजेता बनेको थियो। अन्तिम खेलमा फ्रान्स पोल्यान्डसँग १-१ को बराबरीका साथ समूह उपविजेता बन्दा नेदरल्यान्ड्सले पनि अन्तिम १६ मा स्थान बनायो । यस समूहबाट पोल्यान्ड बाहिरिसकेको थियो।

हालसम्म अन्तिम १६ मा डेनमार्क र जर्मनी तथा स्विटजरल्यान्ड र इटालीले एक अर्कासँग खेल्ने पक्का भइसकेको छ। समूह ई र एफमा भने अन्तिम चरणको खेल बाँकी छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया