असार १७, २०८१ सोमबार July 1, 2024

अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा

अब अर्जेन्टिनाले समुह चरणको अन्तिम खेलमा जुन ३० मा पेरुसँग खेल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा पुगेको छ । बुधबार बिहान सम्पन्न खेलमा चिलीलाई १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो । अर्जेन्टिनाले समुह ए मा लगातार दोस्रो जित हासिल गरेको छ ।

चिलीविरुद्धको जितमा खेलको ८८औ मिनेटमा लाउतारो मार्टिनेजले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि समुह ए मा अर्जेन्टिनाको २ खेलमा ६ अंक भएको छ भने क्यानडाको २ खेलमा ३ र चिली र पेरुको २-२ खेलमा एक एक अंक रहेको छ ।

अब अर्जेन्टिनाले समुह चरणको अन्तिम खेलमा जुन ३० मा पेरुसँग खेल्ने छ भने चिलीले क्यानडाको सामना गर्ने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया