श्रावण ४, २०८२ आइतबार July 20, 2025

डेभिड वार्नरले अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए सन्यास

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपनि ३७ बर्षिय वार्नरले फ्रेन्चाईजी टी-२० लिग भने खेल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। अस्ट्रेलिया टी-२० विश्वकपबाट बाहिरिएपछि आक्रामक ब्याट्सम्यान डेभिड वार्नरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। वार्नरले टेस्ट क्रिकेट र एकदिवसीय क्रिकेटबाट यस अघि नै सन्यास लिएका थिए।

वार्नरले अस्ट्रेलियाका लागि ११० टी- २० खेलेका छन्। जसमा ३३.४३ को औसतमा ३२७७ रन बनाएका छन्। साथै उनले २८ अर्धशतक र एक शतक समेत बनाएका छन्।

यस विश्वकपमा भने वार्नरले दुई अर्धशतक बनाए। उनले ओमानविरुद्ध ५६ र बंगलादेशविरुद्ध ५३ रनको पारी खेलेका थिए।

उनले २००९ मा दक्षिण अफ्रिकाविरुद्ध टी-२० डेभ्यू गरेका थिए। अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपनि ३७ बर्षिय वार्नरले फ्रेन्चाईजी टी-२० लिग भने खेल्ने बताइएको छ

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया