असार १९, २०८१ बुधबार July 3, 2024

पूर्व गृहमन्त्री एवं एमाले उपाध्यक्ष बादलका छोरा प्रतीक बौद्धबाट पक्राउ

भुटानी शरणार्थी प्रकरणमा पीडितबाट थापाले रकम लिएको अभियोग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पूर्व गृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन् ।

उनलाई सीआईबीको टोलीले बौद्धबाट पक्राउ गरेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि थापा फरार थिए ।

उक्त प्रकरणमा थापाले विचौलियाको भूमिका निभाएको प्रहरीको अनुसन्धानले खुलाएको थियो । भुटानी शरणार्थी प्रकरणमा पीडितबाट थापाले रकम लिएको भन्दै जाहेरी परेको थियो ।

यस प्रकरणमा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, राईका छोरा निरज राई, तत्कालीन उर्जामन्त्री टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी पनि जोडिएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अन्तर्राष्ट्रिय विद्यार्थी सीमित गर्ने योजना अस्ट्रेलियाको अर्थतन्त्रका लागि घातक
२०८१ असार २०, बिहिबार
अमेरिकाले युक्रेनलाई थप २.३ अर्ब डलर सैन्य सहयोग गर्ने
२०८१ असार १९, बुधबार
भारतमा धार्मिक सभामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या १२१ पुग्यो
२०८१ असार १९, बुधबार
विश्वकप विजेता भारतीय टिमको विहिबार मुम्बईमा भिक्ट्री परेड हुने
२०८१ असार १९, बुधबार
मलाई पार्टी बैठकमा ह्यारेसमेन्ट गरियो : महामन्त्री ढकाल
२०८१ असार १९, बुधबार
‘कृष्णसार संरक्षणमा लुम्बिनी प्रदेश सरकार गम्भीर बन्नुपर्छ’
२०८१ असार १९, बुधबार
एमालेबाट सरकारमा सहभागी मन्त्रीले बुझाए राजीनामा
२०८१ असार १९, बुधबार