कार्तिक १५, २०८३ आइतबार November 1, 2026

राजसंस्थाको माग गर्दै सरकार बिरुद्ध सशक्त सडक आन्दोलनमा जाने समाजबादी काँग्रेसको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः गोविन्द निराैला नेतृत्वको  नेपाल समाजवादी काँग्रेसले वर्तमान शासन सत्ता विरुद्ध सडक आन्दोलनमा जाने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष गोविन्द निरौलाको अध्यक्षतामा राजधानीमा बसेको केन्द्रिय समितिको विषेश बैठकले विभिन्न रणनीति तयार गर्दै व्यापक सडक आन्दोलनमा जाने निर्णय गरेको हो ।

आईतबार पार्टी केन्द्रिय कार्यालय बिजुलीबजारमा बसेको केन्द्रिय समितिको बैठक

संवैधानिक प्रजातन्त्र, विषेषाधिकार सहितको राजसंस्था, हिन्दुराज्य, समाजवादी अर्थनीति र स्थानीय श्वशासन हुने व्यवस्थाको तर्जुमा नगरे देश बचाउन नसकिने निस्कर्ष निकाल्दै आन्दोलनमा जाने निर्णय गरेको सो पार्टीका सचीव मान बाहादुर गुरुङले जानकारी दिएका छन् ।

बैठकले आन्दोलनको लागि आवश्यक पर्ने श्रोत र सामग्री तयारी गर्ने, देशका विभिन्न चौबीस स्थानबाट आन्दोलन सुरु गर्ने निर्णय गरेको छ । आन्दोलनमा जनताहरुलाई व्यापक सहभागी गराउने सेवा र सुरक्षाको निकायमा भाईचारा सम्बन्ध विकास गर्ने, मुद्दामा सहमति जनाउने, राजनीतिक राष्ट्रवादी शक्तिहरु बिच एकात्मक कार्य अघि बढाउदै जाने निर्णय गरेको छ ।

आन्दोलन  शासक बर्गबाट हुने दमनलाई रोक्न ससक्त लडाकु दस्ता तयारी राख्ने जस्ता धेरै निर्णयहरु गरेको कुरा सचिव गुरुङले बताए । एक साता अगाडी मात्रै अबको संविधान कस्तो भन्ने विषयमा संविधानको मस्याैदा बनाएर छलफलमा उत्रेको नेपाल समाजवादी काँग्रेसको रणनीति बिस्तारै सरकार बिरुद्ध सकृय हुँदै गएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व उठ्यो
२०८३ कार्तिक १५, आइतबार
आज (आइतबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक
२०८३ कार्तिक १५, आइतबार
प्रेसमाथि आक्रमण : सत्ताको दम्भ – तीर्थराज भट्टराई
२०८३ कार्तिक १५, आइतबार
अनसन बसेका डा. गोविन्द केसी अस्पताल भर्ना
२०८३ कार्तिक १५, आइतबार
सभापति गगन थापाले आज विशेष सम्बोधन गर्ने, पार्टीको आगामी कार्यदिशा सार्वजनिक गर्ने तयारी
२०८३ कार्तिक १५, आइतबार
एनपिएलमा आज जनकपुर-पोखरा भिड्दै, खेल साँझ ५ बजे सुरु हुने
२०८३ कार्तिक १५, आइतबार
अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित
२०८३ कार्तिक १५, आइतबार