कार्तिक २९, २०८३ आइतबार November 15, 2026

शनि भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् आजको राशिफल

कुम्भलाई आज मध्य साढेसाती दशा भएकाले झुटा आरोप लाग्नसक्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मेष : आजको निर्णय दीर्घकालीन बन्नेछ। मनमा उदार भाव आउने छ। दिन रमाइलो बन्नेछ। परिवारमा तनाव हुने देखिन्छ। बौद्धिक टकराब हुने भएकाले बोल्नु अगाडि सोच्नु राम्रो हुन्छ।

वृष : आफ्नो ख्याल नगर्ने बानीले घाटा हुनसक्छ। सामाजिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा सफलता प्राप्त हुनेछ। स्वास्थ्यमा समस्या हुने भएकाले खानपानमा ख्याल गर्नु राम्रो हुन्छ।

मिथुन : दिन खुशीका साथ बित्नेछ। राम्रो आम्दानी हुनेछ। साथीले सहयोग गर्नेछन्। स्वदेशमा देखिने अवसरले मनमा उत्साह बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : समय संघर्षपूर्ण छ। तपाईंले दया गरेकै व्यक्तिबाट धोका हुनेछ। लगानी नउठ्ने जोखिम हुनसक्छ। परिवारमा भने मेलमिलाप हुनेछ। वैदेशिक लगानीको क्षेत्रबाट पर्याप्त नाफा हुनेछ।

सिंह : बौद्धिक क्षेत्रको लगानीले उत्साहित बनाउने छ। वैदेशिक लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। परिवारको विश्वास धेरै गर्नाले धोका हुने जोखिम देखिन्छ।

कन्या : आफू कमजोर भएको महसुस हुनेछ। प्रिय वस्तु हराउने खतरा छ। अरुलाई तर्साएर आफ्नो काम पूरा गर्नु राम्रो हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : लामो समय रोकिएका काम सञ्चालन हुनेछन्। शिक्षाको माध्यमबाट सफलता मिल्नेछ। यो क्षेत्रमा नाम र दाम मिल्नेछ। समयको दुरुपयोग गर्ने साथी धेरै हुनसक्छन्। परिवारसँगको भेटले दिन रमाइलो हुनेछ।

वृश्चिक : धार्मिक क्षेत्रका कुराले मनमा अविश्वास बढ्नेछ। भौतिक कुराले मनमा खटपटी बढ्ने जोखिम छ। थकान र आलस्य बढ्नेछ। शुभचिन्तकको साथ र सहयोग प्राप्त हुनेछ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त हुनेछ। परिवारले राम्रो साथ दिनाले दैनिकी सहज बन्नेछ।

धनु : समय राम्रो छ। बोलीको प्रभावले तपाईंको महत्त्व बढाउने छ। सामाजिक र राजनीतिक काममा समय खर्च हुनेछ। कृषि र फलफूलमा गरेको लगानीबाट नाफा हुनेछ परिवारले राम्रो साथ दिनेछन्। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : दबाब र तनावले सताउने योग छ। भएको सम्पत्ति संरक्षण गर्नुपर्ने देखिन्छ। परिवारको रचनात्मक सहयोग प्राप्त हुनेछ। मित्रको साथ प्राप्त हुनेछ।

कुम्भ : मध्य साढेसाती दशा भएकाले झुटा आरोप लाग्नसक्छन्। मन अशान्त हुनसक्छ। शनिदेवको छाया योग भएकाले शनिशान्ती गर्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मीन : चन्द्रमा तपाईंको राशिमा छन्। पहेँलो वस्त्र धारण गर्नु लाभदायक बन्नेछ। कर्मचारी हुनुहुन्छ भने बढुवा हुनेछ। अनुत्पादक क्षेत्रमा खर्च हुने जोखिम छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। परिवारको सहयोग मिल्नेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारले नागरिकका पक्षमा काम गरोस् : महामन्त्री पौडेल
२०८३ कार्तिक २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा गुह्येश्वरीमा छठीमाताको पूजा आराधनासहित अर्घ दान
२०८३ कार्तिक २९, आइतबार
कोप-३१ मा सहभागी भई अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता
२०८३ कार्तिक २९, आइतबार
तेक्वान्दो खेलाडी वैभवीलाई थाइल्यान्डमा दुई पदक
२०८३ कार्तिक २९, आइतबार
एनपीएल : कर्णाली याक्सले चितवन राइनोजलाई २४ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडानजिक विस्फोट र साइरन
२०८३ कार्तिक २९, आइतबार
इरानविरुद्ध एकजुट हुन नेतान्याहुको प्रस्ताव
२०८३ कार्तिक २९, आइतबार