श्रावण ४, २०८२ आइतबार July 20, 2025

विश्वकप जितेसँगै रोहितले लिए टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

शर्माले भारतबाट टेष्ट र एकदिवसीय क्रिकेट भने खेल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः भारतीय टोलीका कप्तान रोहित शर्माले विश्वकपको उपाधि जितेपछि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्।

रोहित शर्माले दक्षिण अफ्रिकाविरुद्ध खेलिएको टी–२० विश्वकपको फाइनल खेल आफ्नो टी–२० अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल भएको बताए।

“यो मेरो पनि अन्तिम ट्वान्टी–२० खेल थियो । यो संरचनालाई छोड्ने योभन्दा राम्रो समय अरु हुन सक्दैन। मैले यही संरचनाबाट भारतीय क्रिकेट टिममा सुरुआत गरेको थियो । यो मेरो चाहना थियो, म उपाधि जित्न चाहन्थे,” खेलपछि रोहितले भने ।

शर्माले भारतबाट टेष्ट र एकदिवसीय क्रिकेट भने खेल्ने छन् । रोहितअघि विराट कोहलीले पनि टी–२० अन्तर्राष्ट्रिय फर्म्याटबाट सन्यासको घोषणा गरेका थिए। कोहलीले भने, ‘यो मेरो अन्तिम टी–२० विश्वकप थियो ।

विश्वकपको फाइनल खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले १७ वर्षपछि विश्वपको उपाधि जितेको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया