कार्तिक १५, २०८३ आइतबार November 1, 2026

काँग्रेसको १४औं महाधिवेशन फाल्गुन ७ मै गर्न पदाधिकारीबिच सहमतिः केन्द्रीय समितिको बैठक मंगलबार डाकियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं: नेपाली काँग्रेसको पदाधिकारी बैठकले पार्टीको १४औँ महाधिवेशन निर्धारित समयमै गर्न कार्यतालिका हेरफेर गर्ने विषयमा केन्द्रिय कार्यसमितिको बैठकबाट निर्णय लिने सहमति गरेको छ ।

आइतबार बसेको काँग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले केन्द्रिय कार्यसमिति बैठकबाट पार्टी महाधिवेशनबारे निर्णय लिने सहमति गरेको हो। नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही असार १६ गते मंगलबार दिउँसो १ः०० बजे बस्ने समेत तय भएको छ ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा कोभिड-१९ को सङ्क्रमणका कारण प्रभावित पार्टीको १४औँ महाधिवेशन र अधिवेशनको कार्यतालिका बारेमा छलफल हुने बताइएको छ ।

पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको आईतबार बसेको बैठकले काँग्रेसको १४औँ महाधिवेशन निर्धारित समय आगामी फागुन ७ देखि १० गतेसम्म नै काठमाण्डौँमा गर्ने र अन्य अधिवेशनका तालिकामा सामान्य हेरफेर गर्ने निर्णय गरेको थियो । सो निर्णयलाई केन्द्रीय समितिको आगामी बैठकले पारित गर्ने पार्टी कार्यालयले जनाएको छ ।

काँग्रेसले गत माघ १३ गतेको केन्द्रीय समिति बैठकबाट पार्टी मातहतका निकायका अधिवेशन र १४औँ महाधिवेशन सम्पन्न गर्न कार्यतालिका सार्वजनिक गरेको थियो । काँग्रेसको १३औँ महाधिवेशन २०७२ साल फागुन २० देखि २३ गतेसम्ममा काठमाडौँमा भएको थियो ।

काँग्रेसका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्ष हुने विधानमा उल्लेख भए पनि विधानकै अर्काे व्यवस्थाअनुसार एक वर्ष समयावधि यसअघि नै थप गरिसकिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रेसमाथि आक्रमण : सत्ताको दम्भ – तीर्थराज भट्टराई
२०८३ कार्तिक १५, आइतबार
अनसन बसेका डा. गोविन्द केसी अस्पताल भर्ना
२०८३ कार्तिक १५, आइतबार
सभापति गगन थापाले आज विशेष सम्बोधन गर्ने, पार्टीको आगामी कार्यदिशा सार्वजनिक गर्ने तयारी
२०८३ कार्तिक १५, आइतबार
एनपिएलमा आज जनकपुर-पोखरा भिड्दै, खेल साँझ ५ बजे सुरु हुने
२०८३ कार्तिक १५, आइतबार
अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित
२०८३ कार्तिक १५, आइतबार
वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध
२०८३ कार्तिक १५, आइतबार
अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा क्रमिक सुधार
२०८३ कार्तिक १५, आइतबार