श्रावण ४, २०८२ आइतबार July 20, 2025

युरोकप : पोर्चुगल र स्लोभेनियाबीच आजराति खेल हुँदै

स्लोभेनिया समूह सी मा ३ खेलमा तिनै खेल बराबरी खेलेर समूहमा तेस्रो हुँदै नकआउट चरणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः जारी युरोकप अन्तर्गत आज नकआउट चरणमा पोर्चुगल र स्लोभेनियाबीच खेल हुँदै छ। नेपाल इसम्य अनुसार यो खेल आज राति १२: ४५ बजेदेखि शुरु हुँदै छ।

समुह चरणमा पोर्चुगल समूह एफ को समुह विजेताको रुपमा नक आउट चरणमा पुगेको हो। पोर्चुगलले ३ खेलमा दुई जित र एक हारसहित ६ अंक हासिल गरेर शिर्ष स्थानमा रहँदै नकआउट चरणमा पुगेको हो। पोर्चुगलले चेक रिपब्लिकलाई २-१ गोल र टर्कीलाई ३-० गोल अन्तरले पराजित गरेको थियो। त्यस्तै तेस्रो खेलमा जर्जियासँग २-० गोल अन्तरले पराजित भएको थियो।

त्यसैगरी स्लोभेनिया समूह सी मा ३ खेलमा तिनै खेल बराबरी खेलेर समूहमा तेस्रो हुँदै नकआउट चरणमा पुगेको हो। पहिलो खेलमा स्लोभेनियाले डेनमार्कसँग १-१ गोलको, दोस्रो खेलमा सर्बियासँग १-१ गोलको, इङल्याण्डसँग गोलरहित बराबरी खेलेको थियो।

पोर्चुगल र स्लोभेनियाबीच अहिलेसम्म केवल एक खेल भएको छ जुन स्लोभेनियाले जितेको छ। गत मार्चमा भएको खेलमा स्लोभेनियाले पोर्चुगललाई २-० गोल अन्तरले पराजित गरेको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार
भदौभित्र स्वास्थ्य बिमाको सम्पूर्ण रकम भुक्तानी गरिनेछः स्वास्थ्यमन्त्री पौडेल
२०८२ श्रावण ४, आइतबार
सिरहा कारागारमा झडप हुँदा १३ कैदीबन्दी घाइते
२०८२ श्रावण ४, आइतबार
एमालेको केन्द्रीय कमिटीको बैठक सोमबार बिहान ११ बजे बस्ने
२०८२ श्रावण ४, आइतबार
सोमबार बिहानैदेखि पशुपतिनाथका चारै ढोका खोलिने
२०८२ श्रावण ४, आइतबार
कलाकारसँग सभामुख घिमिरेको अन्तरक्रिया
२०८२ श्रावण ४, आइतबार
काठमाडौँ महानगरको छात्रवृत्ति परीक्षा नतिजा सार्वजनिक, १० हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण
२०८२ श्रावण ४, आइतबार