असार २१, २०८१ शुक्रबार July 5, 2024

सङ्क्रमणकालीन न्याय टुङ्गो लगाउन कार्यदल गठन

कार्यदल गठन भएसँगै अब यसले विधेयकका मिल्न बाँकी विषयमा  छलफल थाल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रमुख तीन दलका शीर्ष नेताको बैठकले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकका मिल्न बाँकी विषयलाई टुङ्गो लगाउन सहजीकरण कार्यदल गठन गरेको छ ।

आइतबार बेलुका तीनै दलले दलका तर्फबाट रहने सदस्य तोकेपछि सहजीकरण कार्यदल गठन भएको हो । कार्यदल गठन भएसँगै अब यसले विधेयकका मिल्न बाँकी विषयमा  छलफल थाल्ने छ ।

सहजीकरण कार्यदलमा कांग्रेसका तर्फबाट रमेश लेखक, एमालेका महेश बर्तौला र माओवादीका जनार्दन शर्मा सदस्य रहनुभएको छ ।

कार्यदलका सदस्य एमालेका प्रमुख सचेतक महेश बर्तौलाले यसअघि मस्यौदामा भएका असहमतिका बुँदामा छलफल गरी कार्यदलले साझा धारणा बनाउने जानकारी दिनुभयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा गत शुक्रवार प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबिचको छलफलपछि सहजीकरण कार्यदल गठन गर्ने सहमति भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एकीकृत समाजवादीले चयन गर्यो ९३ केन्द्रीय सदस्य (सूची हेर्नुहोस्)
२०८१ असार २१, शुक्रबार
शैक्षिक गुणस्तर सुधार्न नविल बैंकको ७८ हजार ७५० सहयोग
२०८१ असार २१, शुक्रबार
नेकपा एसका सांसद प्रेम आलेले छाडे पार्टी
२०८१ असार २१, शुक्रबार
प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने
२०८१ असार २१, शुक्रबार
प्रशिक्षक टेन ह्याग थप दुई बर्ष म्यानचेस्टर युनाइटेडमै रहने
२०८१ असार २१, शुक्रबार
बेलायतमा लेबर पार्टीको ऐतिहासिक जित, स्टारमर प्रधानमन्त्री बन्ने
२०८१ असार २१, शुक्रबार
कल्कीको सफलतापछि प्रभासको सलार-२ को छिट्टै छायांकन हुने
२०८१ असार २१, शुक्रबार