श्रावण ४, २०८२ आइतबार July 20, 2025

युरोकपमा आज फ्रान्स र बेल्जियम खेल्दै

फ्रान्स र बेल्जियमबीच अहिलेसम्म ७५ खेल सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । जारी युरोकपको नक आउट चरणमा आज फ्रान्स र बेल्जियमबीच खेल हुदै छ । यो खेल नेपाली समय अनुसार राति ९: ४५ बजेदेखि शुरु हुदै छ ।

समुह चरणमा फ्रान्स समुह डी मा दोस्रो हुदै नक आउट चरणमा पुगेको हो । फ्रान्सले ३ खेलमा एक जित र २ खेल बराबरी खेलेको थियो । फ्रान्सले पहिलो खेलमा अस्ट्रियालाई १-० गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै दोस्रो खेलमा नेदरल्याण्डससँग गोल रहित बराबरी खेलेको थियो भने तेस्रो खेलमा पोल्याण्डसँग १-१ गोलको बराबरी खेलेको थियो ।

त्यस्तै बेल्जियम समुह चरणमा समुह ई मा तेस्रो हुदै नक आउट चरणमा पुगेको हो । बेल्जियमको ३ खेलमा एक जित एक बराबरी र एक हार बेहोरेको थियो ।

बेल्जियमले पहिलो खेलमा स्लोभाकियासँग १-० गोल अन्तरले पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा रोमानियालाई २-० गोल अन्तरले पराजित गरेको थियो भने तेस्रो खेलमा युक्रेनसँग गोल रहित बराबरी खेलेको थियो ।

फ्रान्सले अहिलेसम्म १९८४ र २००० गरी दुई पटक युरोकपको उपाधि जितेको छ भने २०१६ मा उपविजेता बनेको थियो । त्यस्तै बेल्जियमले भने अहिलेसम्म युरोकपको उपाधि जित्न सकेको छैन । बेल्जियम १९८० मा फाइनलमा पुगेर पराजति भएको थियो ।

फ्रान्स र बेल्जियमबीच अहिलेसम्म ७५ खेल भएका छन् । जसमा फ्रान्सले २६ खेल जितेको छ र बेल्जियमले ३० खेल जितेको छ । त्यस्तै १९ खेल बराबरी भएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार