असार २४, २०८१ सोमबार July 8, 2024

काठेपुल बगाएपछि डुम्रे–बेँसीसहर–चामे सडक अवरुद्ध

बाढीले पुल बगाउँदा बेँसीसहर–चामे सडक अवरुद्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

लमजुङ। बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ। अविरल वर्षाले यस सडकअन्तर्गत चामे गाउँपालिका–१ स्थित तिमाङ खोलाको काठेपुल बगाएपछि सडक अवरुद्ध भएको डुम्रे–बेँसीसहर–चामे सडक आयोजना कार्यालयका सूचना अधिकारी किरण पोखरेलले बताए।

सूचना अधिकारी पोखरेलका अनुसार पुल बगाएको स्थानमा नयाँ काठेपुल बुधबारसम्ममा राखिने छ। आयोजना कार्यालयले काठेपुल राख्न उक्त स्थानको निरीक्षण गरिसकेको छ। पानी निरन्तर परिरहेकाले सडकका विभिन्न भागमा पहिरो खस्ने जोखिम छ।

यसैबीच निरन्तर वर्षा भइरहेकाले नदी तथा खोलानालामा पानीको बहाव बढेकाले तटीय क्षेत्रमा बसोबास गरेका सर्वसाधारणलाई सतर्क रहन लमजुङ र मनाङ जिल्ला प्रशासन कार्यालयले आग्रह गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बकैया गाउँपालिकाद्वारा एसईईको झुठो विवरण सार्वजनिक गरेको खुलासा
२०८१ असार २४, सोमबार
फ्रान्सका बामपन्थी गठबन्धनका नेता भन्छन्, प्यालेस्टाइन राज्यलाई मान्यता दिन्छौं
२०८१ असार २४, सोमबार
‘यस कारण रोनाल्डोले लिदैनन् सन्यास’
२०८१ असार २४, सोमबार
दोधारा चाँदनीमा पछिल्लो २४ घण्टामा पाँच सय ७३ मिलिमिटर वर्षा मापन
२०८१ असार २४, सोमबार
ललितपुरमा पुरातात्विक महत्वको ऐतिहासिक धारा पुन : निर्माण
२०८१ असार २४, सोमबार
मकवानपुरको लटारम्मेश्वर महादेवको मन्दिर : नयाँ पर्यटकीय गन्तव्य बन्दै
२०८१ असार २४, सोमबार
एक अर्बको लगानीमा चितवनको लङ्कालाइनमा ‘रिसोर्ट’ सञ्चालन
२०८१ असार २४, सोमबार