श्रावण १३, २०८३ बुधबार July 29, 2026

के हो प्यान्डोरा बाकस ?

एमसीसी सम्झौता पारित गर्नुको अर्थ नेपालको लागि प्यान्डोराको सन्दुक खोल्नुजस्तै हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता ह्वा चुनयिङले आफ्नो प्रतिक्रियामा संरा. अमेरिकी एमसीसी सम्झौता नेपालको निम्ति ‘प्यान्डोराको बाकस (सन्दुक)’ हुनसक्ने बताइन् ।

‘प्यान्डोरा बाकस’ ग्रीक दन्त्यकथा हो । कथाअनुसार स्वर्गबाट आगो चोरेर मानिसलाई दिएको ‘अपराध’ वापत स्वर्गका राजा जियस (इन्द्र) ले प्रमिथसलाई सजाय दिन प्यान्डोरा नामकी चेलीको सिर्जना गर्छन् । रूपवती प्यान्डोराको विवाह प्रमिथसका भाइ इपिमेथिएससँग हुन्छ ।

प्रमिथसले आफ्नो भाइलाई जियसले कुनै पनि बेला चलाखी गर्नसक्ने भनी सजग बनाएका हुन्छन् । उनले देवताहरूबाट कुनै पनि उपहार नलिन भाइलाई भन्छन् । तर, इपिमेथिएस प्यान्डोराको रूपमा वशिभूत हुन्छन् । इथिमेथिएस र प्यान्डोराको बिहेमा जियसले दाइजोमा एउटा सन्दुक दिन्छन् ।

दाइजो दिने क्रममा जियसले प्यान्डोरालाई त्यो सन्दुक नखोल्न खुसुक्क सल्लाह दिन्छन् । जियसले यसो भन्नुको लक्ष्य प्यान्डोराको मनमा उत्सुकता जगाउनु थियो । नभन्दै प्यान्डोराको मनमा सन्दुकभित्र के होला भनी उत्सुकको दही –च्युरा मुछिन्छ । उत्सुकता सम्हाल्न नसकेपछि इपिमेथिएसले दिएको सल्लाहसमेत नमानी प्यान्डोराले सन्दुक खोल्छिन् ।

सन्दुकको ढकनी खोल्ने बित्तिकै भित्रबाट लोभ, इस्र्या, घृणा, पीडा, रोग, भोक, गरिबी, युद्ध र मृत्यु बाहिर उड्छन् । प्रमिथसले मानिसको सिर्जना गर्ने क्रममा ती सबै नकारात्मक गुणलाई सन्दुकभित्र बन्द गरेका थिए । प्रमिथससँग बदला लिन जियसले मानिसलाई दुःख दिन षड्यन्त्रपूर्वक ती सबै कुरा पृथ्वीमा फैलाउन प्यान्डोरामार्फत सन्दुक खोल्न लगाएका हुन्छन् ।

आजसम्म पनि मानिसको दुःखका कारण बनेका ती सबै कुरा सन्दुकबाट बाहिरिएपछि प्यान्डोराले हतारहतार ढकनी बन्द त गर्छिन् । तर, संसार त्यस्ता दुःख र पीडाबाट कहिल्यै मुक्त भएन ।

एमसीसी सम्झौता पारित गर्नुको अर्थ नेपालको लागि प्यान्डोराको सन्दुक खोल्नुजस्तै हुनेछ । एमसीसीले निम्त्याउने युद्ध, हिंसा, दुःख, पीडा र विभाजनले नेपाललाई पनि सधैँ दुःखको डावानलमा डुबाउनेछ । जियस (संरा अमेरिका) ले प्यान्डोराको सन्दुक (एमसीसी सम्झौता) खोल्न प्यान्डोरा (नेपालका शासक दल) लाई प्रयोग गर्न खोज्दै छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारद्धारा ९ विधेयक संसद्मा पेश गर्ने निर्णय, सञ्चय कोष र राहदानी ऐन पनि संशोधन हुँदै
२०८३ श्रावण १३, बुधबार
राष्ट्रपति पौडेलसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेटवार्ता
२०८३ श्रावण १३, बुधबार
‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ अभियान
२०८३ श्रावण १३, बुधबार
चिकित्सा शिक्षा आयोगद्वारा छ अर्ब ५५ करोडको वार्षिक बजेट स्वीकृत
२०८३ श्रावण १३, बुधबार
निर्वाचन प्रणाली कम खर्चिलो र पारदर्शिता बनाउन सुझाव
२०८३ श्रावण १३, बुधबार
उपराष्ट्रपति यादवद्वारा सद्भाव कायम गर्न अपिल
२०८३ श्रावण १३, बुधबार
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः लामिछाने
२०८३ श्रावण १३, बुधबार