श्रावण २, २०८२ शुक्रबार July 18, 2025

बागलुङ पूर्ण खोप सुनिश्चित र दिगोपना भएको जिल्ला घोषणा

१३ हजार ५६ बालबालिकाले आवश्यक खोप पाएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पाँच वर्षमुनिका १७ हजार २ सय ४६ बालबालिकाले आवश्यक सबै खोप पाएपछि बागलुङलाई पूर्ण खोप सुनिश्चित र दिगोपना भएको जिल्ला घोषणा गरिएको छ ।

गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले बुधबार पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेका हुन् । बागलुङका जन्मेदेखि १५ महिनासम्मका ४ हजार १ सय ९० र १६ महिना देखि ५९ महिनासम्मका १३ हजार ५६ बालबालिकाले आवश्यक खोप पाएको घोषणा गरिएको हो ।

पूर्ण खोप सुनिश्चित बनाएर दिगोपनाको रुपमा पनि लगेकोले मन्त्री थापा र स्वास्थ्य मन्त्रालयका सचिव बिनोदबिन्दु थापाले जिल्ला खोप समन्वय समितिसहित ४ नगरपालिका र ६ गाउँपालिकालाई प्रमाणपत्र पनि प्रदान गरे । यो अभियानले बाल तथा मातृ मृत्युदर घटाउने विश्वास गरिएको जिल्ला खोप समन्वय समितिका सदस्य सचिव तथा स्वास्थ्य कार्यालय बागलुङका प्रमुख बाबुराम आचार्यले बताए ।

समितिको निर्देशनमा जिल्लाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र जनप्रतिनिधि समेतले ८५ वटै वडाका सबै घरधुरीमा सर्भेक्षण गरेर कोही पनि बालबालिका खोप लगाउनबाट बञ्चित नभएको प्रमाणित भएपछि मात्रै यो घोषणा गरिएको हो । ‘अब कोही पनि खोप पाउनबाट बञ्चित छैनन्,’ आचार्यले भने, ‘अब जटिल प्रकारका रोगबाट बालबालिकालाई बचाउन सकिन्छ ।’ आचार्यका अनुसार बिफर उन्मुलन भैसकेकोमा धनुष्टंकार, जापनिज इन्सेफ्लाइटिस, हेपाटाइटिसलगायतका रोग निवारण भएको, पोलियो शून्यमा झरेको र दादुरा तथा रुबेला रोग पनि नियन्त्रणमा आएको हो ।

यो अभियान पूर्णतामा पुग्दा जिल्लाका स्थानीय तहले सुरु गरेको बालमैत्री अभियान सफल बनाउन पनि सहयोग पुगेको छ । बागलुङ नगरपालिका र जैमिनी नगरपालिकाले बालमैत्री नगर घोषणाको तयारी गरेका छन् । गलकोट नगरपालिकाले बालमैत्री नगर घोषणा गरिसकेको छ । अन्य पालिकाले पनि बालमैत्री सूचकमा काम गरिरहेका छन् । त्यसकालागि आमा र शिशुको स्वास्थ्यमा सुधार भएको, सबै खोप पूर्ण रुपमा पाएको र पोषणको मात्रा पनि पुगेको हुनुपर्ने प्रावधान छ ।

जिल्ला खोप समन्वय समितिका अध्यक्ष अमरबहादुर थापाका अनुसार संविधानको धारा ३५ र स्थानीय सरकार संचालन ऐन २०७४ ले हरेक बालबालिकालाई पूर्ण खोप पाउनै पर्ने कानूनी व्यवस्था गरेको बताए । उनले विश्व स्वास्थ्य संगठनको प्रावधान अनुसार पनि बर्षेनी कोही नछुट्ने गरी काम भएको जानकारी गराए । कार्यक्रममा मन्त्री थापाले गण्डकी प्रदेशमै स्वास्थ्यको सूचक बलियो बन्दै गएको बताए । उनले यी सूचकलाई निरन्तरता दिने गरी काम गर्ने प्रतिबद्धता समेत जनाए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार