श्रावण ३१, २०८३ आइतबार August 16, 2026

स्वास्थ्य सस्थामा मृत्युदर न्यून गर्न स्वास्थ्यकर्मीलाई तालिम

आकस्मिक स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने प्रतिवद्धता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

खजुरा (बाँके), २४ असार : स्वास्थ्य सस्थामा मृत्युदर न्यून गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ‘आकस्मिक आधारभूत स्वास्थ्य सेवा’ सम्बन्धी तालिम प्रदान गरिएको छ । प्रभावकारी स्वास्थ्य सेवा व्यवस्थापन गरी स्वास्थ्य सस्थामा मृत्युदर घटाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गत १२ जिल्लाका २४ जना अस्पतालका चिकित्सक, नर्स, स्वास्थ्यकर्मीलाई पाँचदिने तालिम प्रदान गरेको हो ।

नेपालगञ्जमा हालै आयोजित आयोजित तालिममा अस्पतालमा आकस्मिक सेवा कसरी व्यवस्थापन गर्ने, बिरामी आउनेबित्तिकै रोग तथा समस्याको पहिचान तथा निदान कसरी गर्ने, तत्कालको उपचार कसरी गर्ने, महामारी तथा विपद्को समयमा जटिल किसिमका आउने बिरामीको पहिलो उपचार कसरी गर्ने र आकस्मिक एकाइको व्यवस्थापनलगायतका बारेमा क्षमता अभिवृद्धि गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताउनुभयो ।

उहाँका अनुसार यस क्षेत्रमा रहेका अस्पतालमा सबभन्दा पहिले आकस्मिक सेवामा आउने बिरामीको निदान तथा उपचार विधि र हेरचाह गर्नेबारेमा त्यहाँ रहेका चिकित्सक र स्वास्थ्यकर्मीको भूमिकालाई प्रभावकारी बनाउन तालिम दिइएको हो । अस्पताल तथा स्वास्थ्य सस्थाका आकस्मिक कक्षमा आउने जटिल समस्याका बिरामीको मृत्युदर उच्च रहेको बताइएको छ ।

“बिरामीको रोगको निदान तथा समयमा उपचार नपाएर मृत्यु हुने समस्यालाई अन्त्य गर्न जनशक्तिलाई दक्ष बनाइएको छ”, उहाँले भन्नुभयो, “यो तालिमपश्चात् जनशक्तिले अस्पतालमा गएर आफ्नो व्यवहारमा परिवर्तन ल्याउने छन् भने अन्य स्वास्थ्यकर्मीलाई पनि सिकाइ हुनेछ ।”

मन्त्रालयले विगत तीन वर्षदेखि यो तालिम प्रदान गर्दै आएको छ । अहिलेसम्म आठ सय ११ जनालाई तालिम प्रदान गरिसकिएको मन्त्रालयले जनाएको छ । तालिमपश्चात् आफ्नो अनुभव सुनाउँदै डोल्पा अस्पतालका डा आकर्षण तिमिल्सिनाले आकस्मिक आधारभूत स्वास्थ्य सेवा व्यवस्थापनमा ज्ञानको दायरा बढाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“प्रभावकारी स्वास्थ्य सेवा व्यवस्थापन गर्दै सेवा प्रवाहलाई चुस्त बनाउन सयम समय तालिम सञ्चालन गर्दै जानुपर्छ ।”तालिममा सिकेका कुरालाई अस्पतालका अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीलाई पनि सिकाउँदै आकस्मिक स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने प्रतिवद्धता उहाँले जनाउनुभयो ।

तालिमको समापन समारोहमा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका खगेन्द्र पङ्गेनी, भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेन्डेन्ट डा पवनजङ्ग रायमाझी, प्रशिक्षक डा अरविन्द शाक्यलगायतले स्वास्थ्य सस्थामा बिरामी आउनसाथ प्रभावकारी स्वास्थ्य सेवा प्रवाह र उनीहरुको हेरचाहमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । उहाँहरुले बिरामीको रोगको निदानको अभाव हुन नदिन र समयमै उपचार प्रदान गर्नुपर्छ भन्नुभयो । तालिमको यो ११औँ ‘व्याच’मा २४ जनालाई तालिम प्रदान गरिएको हो । तालिमका लागि विश्व स्वास्थ्य संगठन, अमेरिकी अन्तराष्ट्रिय विकास नियोग (युएसएआइडी) लगायतको आर्थिक एवं प्राविधिक सहयोग गरेका थिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलको अबको चुनाववाट नेतान्याहु प्रधानमन्त्री नबन्न सक्छन्ः सर्वेक्षण
२०८३ श्रावण ३१, आइतबार
भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा
२०८३ श्रावण ३१, आइतबार
प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा बन्द
२०८३ श्रावण ३१, आइतबार
भारतीय प्रधानसेनापति धीरज सेठ काठमाडौं आउँदै
२०८३ श्रावण ३१, आइतबार
नागार्जुनमा २४ विद्यालयबीच नेपाली हिज्जे प्रतियोगिता, ज्योति एकेडेमी प्रथम
२०८३ श्रावण ३१, आइतबार
नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवापछि सेवाग्राही आकर्षित
२०८३ श्रावण ३१, आइतबार
निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्ने
२०८३ श्रावण ३१, आइतबार