मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

इलाम र माई नगरपालिका ‘पूर्णखोप सुनिश्चित’ घोषणा

बाँकी १६ देखि ५९ महिनाका बालबालिकालाई दिइने विभिन्न खोप पनि इलाम नगरले सुनिश्चित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

इलाम । इलाम नगरपालिका ‘पूर्णखोप सुनिश्चित’ घोषणा गरेको छ । नेपाल सरकारले सञ्चालन गरेको खोप अभियानमा नगरपालिका ‘पूर्णखोप सुनिश्चित’ घोषणा गरेको हो ।

सरकारले जन्मेदेखि १५ महिनाका बालबालिकालाई नियमित खोप सञ्चालन गरिरहेको छ । बाँकी १६ देखि ५९ महिनाका बालबालिकालाई दिइने विभिन्न खोप पनि इलाम नगरले सुनिश्चित गरेको नगरले जनाएको हो । यसअघि नै नगरपालिकाका सबै वडाले आफूलाई ‘पूर्णखोप सुनिश्चित’ घोषणा गरिसकेका छन् ।

नगरपालिकाले गत फागुन, चैतमा घरलौरी सर्वेक्षण गर्दा जन्मेदेखि १५ महिनाका सबै बालबालिकाले खोप लगाएको भएपनि १६ देखि ३९ महिनाका २६ बालबालिका भने कुनै न कुनै खोपबाट छुटेको पाइएको थियो । अन्य दुई बालबालिका भने इलाम नगरपालिकाबाहिरबाट आएका कारण दुई जनामा शून्य खोप पाइएको नगरपालिकास्थित स्वास्थ्य शाखा प्रमुख उपेन्द्र खनालले बताए ।

इलाम जिल्लालाई नै ०७२ सालमा ‘पूर्णखोपको जिल्ला’ घोषणा गरिएको थियो । पूर्णखोप घोषणा भएपनि पूर्णखोप छ, छैन भन्ने सुनिश्चितता गर्नुपर्ने र इलाममा गरिएको स्वास्थ्य शाखा प्रमुख खनालको भनाइ छ । बिफर, दादुरा, पोलियो, कोभिडजस्ता सरुवा रोग, निमोनियाँ, हेपाटाइटिसजस्ता रोग संक्रमणबाट बचाएर स्वस्थ जनशक्ति उत्पादन गर्न बालबालिकामा खोप लगाउनु अनिवार्य भएको खनालले बताए । खोप छुटेका सबै बालबालिकालाई खोप दिएर पूर्णखोपको सुनिश्चित गरिएको खनालले जानकारी दिए । यो वर्ष इलाम नगरपालिकामा जन्मेदेखि १५ महिनासम्मका पाँच सय ६६ बालबालिकाले पूर्णखोप लिएका छन् ।

त्यस्तै माई नगरपालिकापनि ‘पूर्णखोप सुनिश्चित’ पालिका घोषणा गरिएको छ । नगरपालिकालाई निश्चित सूचकका आधारमा पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरेका हुन् ।

सबै वडालाई पूर्णखोप सुनिश्चितताका आधारमा तथा वडा–वडाको खोप तथ्यांक र सूचकका आधारमा पूर्णखोप सुनिश्चित नगरपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेलले जानकारी दिए । पूर्णखोप मापदण्ड र सूचकका आधारमा सबै सर्त पूरा गरी नगरपालिकाले पूर्णखोप सुनिश्चित पालिका घोषणा गरेको हो । स्वास्थ्य शाखाले पूर्णखोप सुनिश्चितताका लागि हरेक वर्ष नियमित खोपको घरदैलो सर्वेक्षण गरी उमेरअनुसार खोप पाए-नपाएको यकिन गरेर खोप लगाउन छुटेको पाइए प्रक्रियाअनुसार खोप दिने व्यवस्था गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तल्लो अरुण जलविद्युत् आयोजना : सोमबार शिलान्याश हुँदै
२०८३ मंग्सिर ६, आइतबार
दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न धनकुटाका किसानको माग
२०८३ मंग्सिर ६, आइतबार
अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता
२०८३ मंग्सिर ६, आइतबार
साहित्यकारले विकृतिमाथि प्रश्न उठाउँदै सकारात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्छ : सभामुख अर्याल
२०८३ मंग्सिर ६, आइतबार
पर्सामा आर्थिक अपराधका घटना सबैभन्दा बढी, एक महिनामा ४९ मुद्दा दर्ता
२०८३ मंग्सिर ६, आइतबार
सन्दीपको घातक बलिङ र कुशलको अर्धशतक, यूएईमाथि नेपालको ६ विकेटको शानदार जित
२०८३ मंग्सिर ६, आइतबार
झापा महिला गोल्डकप : १० गोल गर्दै आर्मीले काट्यो सेमिफाइनलको टिकट
२०८३ मंग्सिर ६, आइतबार