मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

बाँकेका अस्पतालमा मनसुनजन्य रोगका बिरामी बढे

झाडापखाला, टाइफाइड र ज्वरोका बिरामीहरू अस्पताल आउने क्रम बढ्दो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

नेपालगन्ज, असार २७ गते । बाँकेका अस्पतालमा मनसुनजन्य रोगका बिरामीको सङ्ख्या बढ्न थालेको छ । जिल्लाका विभिन्न अस्पतालहरूबाट प्राप्त भएको जानकारी अनुसार अत्यधिक गर्मीकै बिच केही दिन लगातार परेको वर्षाले जिल्लामा मनसुनजन्य रोगको सङ्क्रमण बढाएको हो ।

वर्षाको समयमा दूषित पानीका कारण झाडापखाला, टाइफाइड, ज्वरो आउने, टाउको दुख्ने, जन्डिस तथा छाला सम्बन्धी समस्या लिएर अस्पताल पुग्ने बिरामीहरू बढ्न थालेको भेरी अस्पताल नेपालगन्जका सूचना अधिकारी डा. सङ्केत कुमार रिसालले बताउनुभयो । उहाँले वर्षाका कारण हुने विभिन्न रोगका बिरामी केही दिन यता भेरी अस्पतालमा आउने क्रम बढेकोले सचेत रहन सबैलाई आग्रह गर्नुभयो ।

डा. रिसालले थप्नुभयो, “यस्तो बेला उमालेको वा क्लोरिन हालेर सफा पारेको पानी मात्र पिउनु पर्छ । त्यसैगरी सडेगलेका तथा बासी खाना खान हुँदैन । फलफूल तथा तरकारी शुद्ध पानीले सफा गरेर मात्र खानपर्छ ।” सोही प्रकारले नेपालगन्ज मेडिकल कलेजको नेपालगन्ज शिक्षण अस्पतालका सह निर्देशक डा. रोमन किदवाईले केही दिनयता वर्षाका कारण लाग्ने रोगहरू झाडापखाला, टाइफाइड र ज्वरो आएका बिरामीहरू अस्पताल आउने क्रम बढेको बताउनुभयो । उहाँले मनसुनजन्य रोग लागेका बिरामीहरू दैनिक सय भन्दा बढीको सङ्ख्यामा अस्पतालमा उपचारका लागि पुगिरहेको बताउनुभयो ।

वर्षाको समयमा खाना तथा पानीमा हेलचेक्र्याइँ गर्दा पानीजन्य रोगको सङ्क्रमण बढ्दा झाडापखाला, ज्वरो, टाउको दुख्ने लगायत समस्या देखिने गरेको चिकित्सकहरूको भनाइ छ । यस्तै, वरिष्ठ बालरोग विशेषज्ञ डा. शकील अहमदले वर्षाको बेला खासगरि बालबालिकालाई छिटो इन्फेक्सन हुने गरेको जनाउँदै अहिले त्यस्ता बिरामी बढ्दै गएको बताउनुभयो ।

सोही प्रकारले नेपालगन्ज, खजुरा, राँझा र कोहलपुरका पनि विभिन्न अस्पताल र क्लिनिकहरूले पनि वर्षा सुरु भएसँगै मनसुनजन्य रोगका बिरामीहरू अस्पताल आउने क्रम बढेको जनाएका छन् । सिराज खान

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तल्लो अरुण जलविद्युत् आयोजना : सोमबार शिलान्याश हुँदै
२०८३ मंग्सिर ६, आइतबार
दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न धनकुटाका किसानको माग
२०८३ मंग्सिर ६, आइतबार
अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता
२०८३ मंग्सिर ६, आइतबार
साहित्यकारले विकृतिमाथि प्रश्न उठाउँदै सकारात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्छ : सभामुख अर्याल
२०८३ मंग्सिर ६, आइतबार
पर्सामा आर्थिक अपराधका घटना सबैभन्दा बढी, एक महिनामा ४९ मुद्दा दर्ता
२०८३ मंग्सिर ६, आइतबार
सन्दीपको घातक बलिङ र कुशलको अर्धशतक, यूएईमाथि नेपालको ६ विकेटको शानदार जित
२०८३ मंग्सिर ६, आइतबार
झापा महिला गोल्डकप : १० गोल गर्दै आर्मीले काट्यो सेमिफाइनलको टिकट
२०८३ मंग्सिर ६, आइतबार