श्रावण १६, २०८३ शनिबार August 1, 2026

धान रोपाँई र दहि चिउराको साईत असार १५

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैंः परम्परागत असार १५ (दही चिउरा खाने तथा धान दिवस) को अवसरमा सरकारले पनि विभिन्न कार्यक्रम गरी २०६२ सालदेखि मनाउँदै आएको छ ।

असार १५ यस दिनको महत्व झनै बढ्दै गएको छ । यो दिन हिलो छुँदा निरोगी भइने र पुण्य कमाइने पारम्परिक विश्वास रहिआएको छ । यो समय प्रायः वर्षा हुने भएकाले धान रोप्न बाँकी किसानले आफ्नो खेतमा भकारी बाँधेर त कतैकतै पञ्चे बाजा बजाएर परम्परागत गीत सवाइ गाउने पुरानो चलन छ ।

असारे गीत गाउँदै युवा युवतीहरु आफ्ना दौँतरीलाई मनका कुरा भन्ने गर्छन त्यसैगरी रोपार र वाउसे, हली बीच दोहोरी गाउने चलन पनि छ ।

काठमाडौँ लगायत नेपालका सबै ठाउँमा अहिले रोपाइका चटारो छ । त्यसै अवसरमा विभिन्न राजनैतिक कर्मी, कलाकार तथा राष्ट्रका प्रतिष्ठित व्यक्तिहरुपनि धान दिवस मनाउन काठमाडाैँ तथा काठमाडौँका नजिक रहेका जिल्ला गएर किसानलाई हाैसला दिने चलनको सुरुवात भएको छ । शहरी क्षेत्रमा धान दिवस तामझामका साथ मनाउने प्रचलन फैलँदै आएको छ ।

गाउँमा असारे पन्ध्रलाई धान राेप्ने र विषेश गरेर दहि चिउराका साथै खिर खाने चलन पनि छ । गाउँमा कसैको घरमा दुहुना भएन भने त्यस घरमा दुहुना हुने छिमेकीले दहि र दूध दिँदै सबैले मिलेर असार १५  मनाउने गरिन्छ। यो समयमा खेतीको चटारो पर्ने महिना हो । बाली लगाउने समय भएकाले असार महिना किसानकाे मुठी खाएर मुरी उब्जाउने समयको रुपमा लिइन्छ ।

असार पन्ध्र । मध्य वर्षायाम । अर्थात दही-चिउरा खाने दिन । असार पन्ध्रमा सबैले चिउराको व्यवस्था गर्छन्, दहीको जोहो गर्छन् । यसमा कतिले मौसमी फल आँपको स्वाद मिसाउँछन्, कतिपयले केरा । घर-घरमा दही चिउरा खाइन्छ ।

सबैलाई थाहा छ, असार पन्ध्रमा दही-चिउरा खानुपर्छ । दही-चिउरा खानु परम्परा हो । असार पन्ध्रमै किन दही चिउरा खाने प्रचलन चलाइयो ? यसको महत्व के होला ?

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सामाजिक सद्भाव भाँड्न खोजेको अभियोगमा पक्राउ
२०८३ श्रावण १६, शनिबार
सामाजिक सद्भाव विरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न मुख्यमन्त्री शाहको निर्देशन
२०८३ श्रावण १६, शनिबार
रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीन जनाको मृत्यु, दर्जनौँ घाइते
२०८३ श्रावण १६, शनिबार
राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन
२०८३ श्रावण १६, शनिबार
प्रदर्शनका क्रममा दुर्व्यवहार गर्ने युवालाई माफी दिन चाहेको मोदीको भनाइ
२०८३ श्रावण १६, शनिबार
धनुषामा कर्फ्यु हटाइएर निषेधाज्ञा जारी
२०८३ श्रावण १६, शनिबार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ श्रावण १६, शनिबार