असार २५, २०८२ बुधबार July 9, 2025

धान रोपाँई र दहि चिउराको साईत असार १५

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैंः परम्परागत असार १५ (दही चिउरा खाने तथा धान दिवस) को अवसरमा सरकारले पनि विभिन्न कार्यक्रम गरी २०६२ सालदेखि मनाउँदै आएको छ ।

असार १५ यस दिनको महत्व झनै बढ्दै गएको छ । यो दिन हिलो छुँदा निरोगी भइने र पुण्य कमाइने पारम्परिक विश्वास रहिआएको छ । यो समय प्रायः वर्षा हुने भएकाले धान रोप्न बाँकी किसानले आफ्नो खेतमा भकारी बाँधेर त कतैकतै पञ्चे बाजा बजाएर परम्परागत गीत सवाइ गाउने पुरानो चलन छ ।

असारे गीत गाउँदै युवा युवतीहरु आफ्ना दौँतरीलाई मनका कुरा भन्ने गर्छन त्यसैगरी रोपार र वाउसे, हली बीच दोहोरी गाउने चलन पनि छ ।

काठमाडौँ लगायत नेपालका सबै ठाउँमा अहिले रोपाइका चटारो छ । त्यसै अवसरमा विभिन्न राजनैतिक कर्मी, कलाकार तथा राष्ट्रका प्रतिष्ठित व्यक्तिहरुपनि धान दिवस मनाउन काठमाडाैँ तथा काठमाडौँका नजिक रहेका जिल्ला गएर किसानलाई हाैसला दिने चलनको सुरुवात भएको छ । शहरी क्षेत्रमा धान दिवस तामझामका साथ मनाउने प्रचलन फैलँदै आएको छ ।

गाउँमा असारे पन्ध्रलाई धान राेप्ने र विषेश गरेर दहि चिउराका साथै खिर खाने चलन पनि छ । गाउँमा कसैको घरमा दुहुना भएन भने त्यस घरमा दुहुना हुने छिमेकीले दहि र दूध दिँदै सबैले मिलेर असार १५  मनाउने गरिन्छ। यो समयमा खेतीको चटारो पर्ने महिना हो । बाली लगाउने समय भएकाले असार महिना किसानकाे मुठी खाएर मुरी उब्जाउने समयको रुपमा लिइन्छ ।

असार पन्ध्र । मध्य वर्षायाम । अर्थात दही-चिउरा खाने दिन । असार पन्ध्रमा सबैले चिउराको व्यवस्था गर्छन्, दहीको जोहो गर्छन् । यसमा कतिले मौसमी फल आँपको स्वाद मिसाउँछन्, कतिपयले केरा । घर-घरमा दही चिउरा खाइन्छ ।

सबैलाई थाहा छ, असार पन्ध्रमा दही-चिउरा खानुपर्छ । दही-चिउरा खानु परम्परा हो । असार पन्ध्रमै किन दही चिउरा खाने प्रचलन चलाइयो ? यसको महत्व के होला ?

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार