काठमाण्डौं : रुकुम पूर्वमा श्रीमानले आफ्नै श्रीमतीको घाँटी रेटेर हत्या गरेका छन् । भूमे गाउँपालिका-६ तमारीका २७ वर्षका दामे भनिने जीवन ओलीले आफ्नै श्रीमती २५ वर्षकी अप्सरा ओलीलाई खुकुरीले घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक हरी भट्टराईले जानकारी दिएका छन्।
ओलीले शुक्रबार राती श्रीमतीको घाँटी रेटेर हत्या गरी घरदेखि सय मिटरको दुरीमा रहेको खोल्सामा फालिएको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक भट्टराईले बताएका छन् । उनका अनुसार हत्यामा संलग्न भनिएका मृतकका श्रीमान जीवन ओली ५ वर्षका छोरा आयुश ओलीलाई साथमा लिएर फरार रहेका छन्।
उनको खोजीकार्य चलिरहेको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । शवको रुकुम पूर्व अस्पतालमा पोस्टमर्टम गरिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया