श्रावण २, २०८२ शुक्रबार July 18, 2025

चितवन मेडिकल कलेजमा स्वास्थ्य बिमा सेवा सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चितवन, साउन १ गते । चितवन मेडिकल कलेजमा स्वास्थ्य बिमा सेवा सुरु भएको छ । गत जेठ १८ गते स्वास्थ्य बिमा बोर्ड र अस्पतालबिच सम्झौता भएपछि आज (मङ्गलबार) अर्थात् साउन १ गतेबाट सो कार्यक्रम सुरु भएको हो । स्वास्थ्य बिमा कार्यक्रम दुई वर्षदेखि रोकिएको थियो ।

नयाँ मेडिकल कलेजले सेवा दिन थालेपछि चितवनमा स्वास्थ्य बिमा सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाको सङ्ख्या १३ पुगेको छ ।

अस्पतालले मङ्गलबार आयोजना गरेको पत्रकार सम्मेलनमा चितवन मेडिकल कलेजका निर्देशक डा. दयाराम लम्सालले गुणस्तरीय स्वास्थ्य सेवामा विपन्न नागरिकको पहुँचको सुनिश्चितताका लागि बीमा कार्यक्रम पुनः थालिएको जानकारी दिनुभयो ।

सामान्य नागरिकका लागि बिमा सुविधा निकै प्रभावकारी रहेको छ निर्देशक डा. लम्सालले भन्नुभयो, ‘‘बोर्डले सार्वजनिक गरेको को पेमेन्ट (सह भुक्तानी) ले उपचारमा पैसाको दुरुपयोग रोक्नेछौं । हामीकहाँ २० भन्दा बढी सुपरस्पशलिष्ट सेवा छन्, अन्य अस्पतालमा नभएका सेवा पनि छन्, जसले गर्दा यहाँ आउने बिरामीले गुणस्तरीय र विविध सेवा पाउनेमा हामी विश्वास दिलाउन चाहन्छौं ।’’

शल्यक्रिया, सिटी स्क्यान, एमआरआई जस्ता बिरामीको धेरै चाप हुने सेवामा पनि बिमा भएकै कारण लामो पालो कुर्न नपर्ने जनाएको छ । अस्पतालका प्रमुख प्रशासक प्रताप देवकोटाले अन्य केही अस्पतालमा बिमामार्फत उपचार गर्दा झन्झटिलो हुने गरेको गुनासो आफूले पनि सुन्ने गरेको भन्दै यस्तो समस्या यहाँ नहुने बताउनुभयो ।

बिमा सुविधा सिएमसीको भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्यूटमा पनि लागू हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “क्यान्सरलगायतका २० भन्दा बढी सुपरस्पेशलिष्ट सेवामा पनि बिमामार्फत उपचार गर्न पाइन्छ ।”

स्वास्थ्य बिमा आबद्ध हुने प्रत्येका परिवारले पाँच जनासम्मको वार्षिक तीन हजार पाँच सय र सो माथि परिवार सदस्य रहेमा प्रत्येकको थप सात सय रुपियाँ लाग्छ । किमा सेवा लिने व्यक्ति आफैँले सरकारी अस्पतालमा उपचार गराएमा १० प्रतिशत र निजी अस्पतालबाट उपचार गराएमा २० प्रतिशत रकम तिर्नुपर्छ । जसलाई बिमा बोर्डले सहभुक्तानी भनी परिभाषित गरेको छ ।

चितवनमा वघौडा अस्पताल माडी, बकुलहर अस्पताल, भण्डारा अस्पताल, भरतपुर आँखा अस्पताल, भरतपुर अस्पताल, बीपी कोइराला क्यान्सर अस्पताल, पुरानो मेडिकल कलेज, गुञ्जमान सिं अस्पताल रत्ननगर, कालिका नगर अस्पताल, खैरहनी नगर अस्पताल, मनकामना अस्पताल र शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रले हाल स्वास्थ्य बिमा कार्यक्रम चलाइरहेका छन् ।

चितवन मेडिकल कलेजमा गत आर्थिक वर्षमा एक लाखसम्मको छुट लिनेको सङ्ख्या ९९२ थियो । निःशुल्क डाइलासिस ६ हजार २३१ सेसन छ । भरतपुर महानगरका महिलाहरुको निःशुल्क परीक्षण कार्यक्रमअन्तर्गत चार हजार ३९५ ले सेवा लिएका छन् । गत आर्थिक वर्षमा गरिब, विपन्न छुटअन्तर्गत पाँच करोड ६१ लाख आठ हजार ४१३ रुपियाँ बराबरको उपचार अस्पतालले निःशुल्क दिएको अस्पतालका प्रमुख प्रशासक प्रताप देवकोटाले जानकारी दिनुभयो ।

यसैगरी, नेपाल सरकारको आमा सुरक्षा कार्यक्रमअन्तर्गत निःशुल्क डेलिभरी (साधारण) र अप्रेशन (शल्यक्रिया) सेवा साथै बाटो खर्च पनि उपलब्ध हुने गरी सुत्केरी सेवा दिँदै आएको छ । डाइलासिस र खोप सेवा पनि निःशुल्क छ । गत आर्थिक वर्षमा हामीले एक हजार ५५ जनालाई निःशुल्क प्रसूति सेवा दिएको जानकारी दिएको छ ।

अस्पतालले गत आर्थिक वर्षमा (२०८० साउन १ देखि ०८१ असार ३१ गतेसम्म) बहिरङ्ग सेवामा एक लाख ८४ हजार २८ जनालाई सेवा दिएको छ । जसमा नयाँ बिरामी ५९ हजार ५५१ छन् भने एक लाख सात हजार ३९९ जना फलोअप बिरामी छन् । यसै अवधिमा १७ हजार ७८ जनालाई आकस्मिक सेवा अस्पतालले दिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार