मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

म्याग्दीका एक लाख १३ हजार पशुलाई खोप

१५ हजार एक सय ९८ गाई र २३ हजार दुई सय ७१ भैँसीलाई खोरेत विरुद्धको एफएमडी र आठ हजार छ सय गाईगोरुलाई लम्पी स्किन विरुद्धको खोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

म्याग्दी, साउन ३ गते । म्याग्दीका कृषकले पालेका एक लाख १३ हजार पशुलाई खोप लगाइएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धि गर्न जिल्लाका छ वटै स्थानीय तहका कृषकले पालेका पशुलाई खोप अभियान सञ्चालन गरेको हो ।

आर्थिक वर्ष २०८०/८१ मा पशुमा पूर्ण खोप कार्यक्रममार्फत एक लाख १३ हजार तीन सय ११ गाईभैँसी, बाख्रा, भेडा र कुकुरलाई महामारीजन्य रोग विरुद्धको छ प्रकारका खोप लगाइएको केन्द्रका पशुसेवा प्राविधिक गणेश रिजालले जानकारी दिनुभयो । १५ हजार एक सय ९८ गाई र २३ हजार दुई सय ७१ भैँसीलाई खोरेत विरुद्धको एफएमडी र आठ हजार छ सय गाईगोरुलाई लम्पी स्किन विरुद्धको खोप लगाइएको छ ।

पाँच हजार दुई सय ५० गाई, भैँसीलाई भ्यागुते र चरचरे विरुद्धको एचएसबीक्यु खोप लगाइएको छ । ४४ हजार तीन सय ३८ बाख्रा र ११ हजार तीन सय ७९ भेडालाई पिपिआर विरुद्धको खोप लगाइएको पशुसेवा प्राविधिक रिजालले बताउनुभयो । यसै गरी तीन हजार सात सय ४७ कुकुर र ७८ बिरालोलाई रेविज विरुद्धको एआरभी खोप लगाइएको छ । कृषकका पशु फार्म तथा गोठमा पुगेर पशुचौपायाको तथ्याङ्क सङ्कलन, खोपकर्ता नियुक्ति, जनप्रतिनिधि र अगुवा कृषकलाई अभिमुखीकरण गरी खोप लगाउन एक सय १८ जना प्राविधिक परिचालन गरिएको थियो ।

पशुजन्य रोगको महामारीको जोखिममा रहेका बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकामा दुई चरणमा खोप अभियान सञ्चालन भएको भेटेरिनरी अस्पतालले जनाएको छ । पूर्ण खोप अभियानका लागि एक वडामा भूगोल र पशु सङ्ख्याको आधारमा दुईदेखि तीन जना प्राविधिक र खोपकर्ता परिचालन गरिएको थियो । पशुलाई महामारीजन्य रोगबाट बचाउन खोप प्रभावकारी रहेको पशु प्राविधिकहरू बताउँछन् ।

पशुबाट मानिस र मानिसबाट पशुमा सर्ने जुनोटिक रोगलाई नियन्त्रण गरी जनस्वास्थ्यलाई पार्ने नकारात्मक प्रभावबाट बचाउन र पशुजन्य रोगको उपचार र नियन्त्रण गर्दा लाग्ने समय, खर्चको बचतका लागि पूर्णखोप कार्यक्रम प्रभावकारी बनेको केन्द्रका प्रमुख डा.भरत रेग्मीले बताउनुभयो । गण्डकी प्रदेश सरकारले सङ्क्रामक रोग निर्मूल पार्ने योजनाअनुसार प्रदेशलाई पूर्णखोपयुक्त बनाउन ११ जिल्लामा पछिल्लो तीन वर्षयता प्राथमिकताका साथ पशुमा पूर्णखोप कार्यक्रम सञ्चालन गरिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तल्लो अरुण जलविद्युत् आयोजना : सोमबार शिलान्याश हुँदै
२०८३ मंग्सिर ६, आइतबार
दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न धनकुटाका किसानको माग
२०८३ मंग्सिर ६, आइतबार
अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता
२०८३ मंग्सिर ६, आइतबार
साहित्यकारले विकृतिमाथि प्रश्न उठाउँदै सकारात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्छ : सभामुख अर्याल
२०८३ मंग्सिर ६, आइतबार
पर्सामा आर्थिक अपराधका घटना सबैभन्दा बढी, एक महिनामा ४९ मुद्दा दर्ता
२०८३ मंग्सिर ६, आइतबार
सन्दीपको घातक बलिङ र कुशलको अर्धशतक, यूएईमाथि नेपालको ६ विकेटको शानदार जित
२०८३ मंग्सिर ६, आइतबार
झापा महिला गोल्डकप : १० गोल गर्दै आर्मीले काट्यो सेमिफाइनलको टिकट
२०८३ मंग्सिर ६, आइतबार