कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

लायन्स अन्तराष्ट्रिय तथा विश्व खाद्य कार्यक्रमद्वारा सरकारको दिवा खाजा कार्यक्रमलाई सहयोगको घोषणा

कर्णाली प्रदेशको सुर्खेत र जाजरकोटका ८ सयभन्दा बढी विद्यालयका कक्षा ५ सम्मका ९० हजार भन्दाबढी विद्यार्थी लाभान्वित हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौ‌, ३ श्रावण । लायन्स क्लब इन्टरनेशनल फाउन्डेसन (LCIF) र संयुक्त राज्य अमेरिकाको विश्व खाद्य कार्यक्रम (WFP) ले नेपाल सरकारको दिवा खाजा कार्यक्रमलाई सहयोग गर्ने घोषणा गरेका छन ।

ती संस्थाले नेपालसहित चार देशमा दिवा खाजा कार्यक्रमलाई आज एक कार्यक्रमकाबीच ४० लाख अमेरिकी डलर मध्य नेपालमा मात्र १ करोड नेपाली रुपैया बराबरको अनुदान सहयोग गर्ने घोषणा गरेका हुन् ।

उक्त अनुदानबाट नेपालको कर्णाली प्रदेशको सुर्खेत र जाजरकोटका ८ सयभन्दा बढी विद्यालयका कक्षा ५ सम्मका ९० हजार भन्दाबढी विद्यार्थी लाभान्वित हुने आज काठमाडौंमा आयोजित कार्यक्रममा जानकारी दिइएको थियो ।

लायन्स क्लब्स् इन्टरनेशनलका प्रेसिडेन्ट फेब्रिसियो ओलिभेरा, विश्व खाद्य कार्यक्रमका देशीय प्रतिनिधि रोबर्ट कास्का र शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्माले उक्त अनुदानको घोषणा गरेका थिए ।

कार्यक्रममा बोल्दै लायन्सका इन्टरनेशनल प्रेसिडेन्ट फेब्रिसियो ओलिभेराले नेपाल सहित ४ देशका बालबालिकालाई पौष्टिक र पर्याप्त खानामा नियमित पहुँच पुर्याउन यो कार्यक्रम सञ्चालन गरिएको बताए ।

देशीय प्रतिनिधि कास्काले स्थानीय उत्पादनमा आधारित दिवा खाजा कार्यक्रम मार्फत आलीदेखि थालीसम्म ताजा पौष्टिक खानाका साथै किसानलाई सामुदायिक खाद्य प्रणालीलाई सुदृढ गराउन लागिपर्ने बताए।

लायन्सले हालसम्म LCIF को अनुदानमार्फत १ अर्ब २ करोड अमेरिकी डलर (१ खर्ब ६० अर्ब रुपैयाँ) भन्दा धेरै अनुदान सहायता वितरण गरिसकेको बताइएको छ ।

४ दिने नेपाल भ्रमणमा रहेका लायन्सका इन्टरनेशनल प्रेसिडेन्ट फेब्रिसियो ओलिभेरा सहितको टोलीले हिजो नेपालका राष्ट्रपति रामचन्द्र पौडेलसंग सिष्टाचार भेट गरेका थिए भने उनले लायन्सका विभिन्न प्रोजेक्टहरुको समेत अवलोकन गरेको लायन्सका इन्टरनेशनल डाइरेक्टर लायन बालकृष्ण बुर्लाकोटीले बताए ।

त्यसैगरि ईन्टरनेशनल प्रेसिडेन्ट ओलिभेराको सम्मानमा मल्टिपल डिष्टिक्ट ३२५ नेपालले आज बिहिवार साँझ होटल अलफ्ट काठमाडौंमा रात्रीभोजको आयोजना समेत गरेको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया