श्रावण २, २०८२ शुक्रबार July 18, 2025

स्वास्थ्य सेवा प्रभावकारी बनाउन निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, साउन ६ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा बिरामीको चाप र उपलब्ध स्रोत साधन प्रयोग गरेर दुई समूहमा ओपिडी सेवा सञ्चालन गर्न निर्देशन दिइएको छ ।

यसअघि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अस्पतालका प्रमुखहरूसँग अस्पतालमा भइरहेको सेवालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल गर्नुभएको थियो । अस्पताल प्रमुखहरूसँगको छलफलपछि मन्त्रालयले निर्देशन दिएको हो ।

मन्त्रालयले अस्पतालमा शैय्या नपाई भर्ना हुन नसक्ने अवस्था अन्त्य गर्न पनि निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्ण पौडेलले अस्पतालमा बिरामीको भीड व्यवस्थापनका लागि सेवा काउन्टर थप गर्ने, अनलाइन टिकट काट्ने, अनलाइन समय व्यवस्थापन गर्ने, टोकन नम्बर व्यवस्था गर्ने, विद्युतीय भुक्तानी प्रणाली लागू गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको जानकारी दिनुभयो ।

उहाँले अस्पतालमा सामान्य व्यवस्थापनले पनि स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सकिने बताउनुभयो ।

उहाँले बिरामीले सामान्य कामका लागि अस्पताल प्रमुखलाई पर्खनुपर्ने बाध्यता हटाउन अस्पताल प्रमुखद्वारा विभागीय प्रमुख तथा अन्यलाई अधिकार प्रत्यायोजन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको बताउनुभयो ।

डा. पौडेलले सरकारी अस्पतालका कतिपय विभागमा पाँचभन्दा बढी युनिट रहेको तथा पर्याप्त चिकित्सक हुँदाहुँदै पनि ओपिडी तथा शल्यक्रियामा चिकित्सकको कमी देखिने गरेको बताउनुभयो ।

उहाँले मन्त्रालयले युनिटको प्रभावकारी व्यवस्थापन गर्न, स्वास्थ्य बिमा कार्यव्रmमबाट उपलब्ध गराइने सबै औषधी अस्पतालको फार्मेसीमा पर्याप्त राख्नका लागि निर्देशन दिएको

बताउनुभयो ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बिरामीलाई अस्पतालले प्रदान गर्ने कुन सेवा कहाँ पाइन्छ भन्ने जानकारी नहुँदा बिरामीलाई समस्या परेको र अव्यवस्थित भीड बढेको भन्दै त्यसको समाधानका लागि सबैले नक्सा देख्ने गरी टाँस्नुपर्ने व्यवस्था मिलाउनुपर्ने बताउनुभयो । उहाँले अस्पतालले स्वयंसेवक परिचालन गरेर पनि बिरामीलाई सहयोग गर्न निर्देशन दिइएको बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार