श्रावण २, २०८२ शुक्रबार July 18, 2025

राप्ती प्रादेशिक अस्पतालमा कल्चर परीक्षण प्रयोगशाला सेवा सुरू

रु ५२ लाखको लागतमा आवश्यक सामग्री जडानगरी सेवा सुरू

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तुलसीपुर, ६ साउन : दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा कल्चर परीक्षण प्रयोगशाला सेवा सुरू भएको छ । आज आयोजित एक कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुन मगरले सेवाको उद्घाटन गर्नुभएको हो ।

त्यस अवसरमा उहाँले अस्पतालमा सेवासँगै गुणस्तर सुधारमा ध्यान दिनुपर्ने बताउनुभयो । “लुम्बिनीमा प्रदेशस्तरका दुईवटा अस्पताल रहेका छन्, एउटा लुम्बिनी र एउटा राप्ती, यी दुवै अस्पतालको स्तरवृद्धि हुनुपर्छ, त्यसमध्ये केही काम भएका छन् । अब सेवा विस्तारसँगै गुणस्तर सुधारमा लाग्नुपर्छ ।”

मन्त्री पुन मगरले अस्पतालमा कोभिडको बेला र प्रसूति सेवाका कर्मचारीले तलब नपाएकाले नीतिगत रूपमा उक्त समस्या समाधान गरेको बताउनुभयो । राप्ती प्रादेशिक अस्पताललाई दुई सय बेड बनाउनका लागि पहल गरिए पनि पूर्णता नपाएको भन्नुहुँदै उहाँले यसलाई तत्काल सल्टाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।

रु ५२ लाखको लागतमा आवश्यक सामग्री जडानगरी सेवा सुरू गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा पदमराज अधिकारीले जानकारी दिनुभयो । उहाँकानुसार कल्चरबाट पिसाब, दिशा, रगतलगायतका जाँच हुनेछन् । यसअघि यो सेवा नहुँदा यहाँ आउने बिरामीले अन्यत्र जानुपर्ने बाध्यता थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार