श्रावण २, २०८२ शुक्रबार July 18, 2025

नेपालगन्ज मेडिकल कलेजमा दन्त चिकित्सा स्नातक तहको पनि अध्यापन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपालगन्ज, साउन ७ गते । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दन्त चिकित्सा स्नातक तह (बीडीएस) को अध्यापन हुने भएको छ । चितवनदेखि पश्चिमतर्फ पहिलो पटक बाँकेको कोहलपुरमा दन्त चिकित्सा स्नातक तह (बीडीएस) को अध्यापन सुरु गर्न लागिएको हो ।

दन्त चिकित्सा अध्ययनका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले सबै तयारी पूरा गरेको जनाएको छ ।

नेपालगन्ज मेडिकल कलेजका अध्यक्ष डा. खुमाप्रसाद अर्यालले नेपालमा पछिल्लो समय सामान्य जनमानसमा मुख स्वास्थ्यप्रतिको चेतना वृद्धिसँगै दन्त चिकित्सकको अध्ययनमा रुचि बढ्दै गएको पाइएको बताउनुभयो ।

उहाँले मुख खानेकुराको प्रवेशद्वार भएको हुँदा केही समस्या हुनासाथ मानिसहरू चिकित्सकलाई देखाउन पुगिहाल्ने हुँदा सहरी क्षेत्रमा थुप्रै दन्त क्लिनिक खुल्न थालेकोले बीडीएसप्रति आकर्षण बढेकोले बिडिएसको अध्ययन सुरु गरिएको बताउनुभयो ।

नेपालमै बीडीएसको अध्ययन–अध्यापन प्रारम्भ भएपछि सो का लागि विदेश पढ्न जाने विद्यार्थीको सङ्ख्यामा कमी आएकोले नेपालबाट दन्त चिकित्सक पढ्ने विद्यार्थीबाट वार्षिक रूपमा बिदेसिने अर्बौँ रुपियाँ जोगिएको अध्यक्ष अर्यालको भनाइ छ ।

सोही क्रममा दन्त चिकित्सामा स्नातक अध्यापन गराउनका लागि सो मेडिकल कलेजले कोहलपुर शिक्षण अस्पतालमा डेन्टल अस्पताल विधिवत् रूपमा सञ्चालनमा ल्याएको छ । काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा. भोला थापाले हालै सो अस्पतालको उद्घाटन गर्नुभएको थियो ।

उक्त डेन्टल अस्पतालमा ५० वटा डेन्टल चेयर राखेर बिरामीको उपचार सुरु गरिएको शिक्षण अस्पताल कोहलपुरका वरिष्ठ प्रशासन अधिकृत विष्णुप्रसाद पोखरेलले बताउनुभयो ।

उहाँले हालका लागि हरेक वर्ष ४० जना विद्यार्थीलाई बिडिएसमा भर्ना गर्ने गरी तयारी गरिएको जनाउँदै आवश्यकता अनुसार कोटा थप गर्दै जाने पनि बताउनुभयो ।

सो मेडिकल कलेजले हाल एमबिबिएसमा हरेक वर्ष सय जना विद्यार्थीलाई भर्ना गर्दै आएको छ भने कोहलपुर र नेपालगन्जमा ठुला शिक्षण अस्पताल सञ्चालन गर्दै आएको छ । सिराज खान/गोप

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार