मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

क्यान्सरको उपचार सिकाउँदै चिनियाँ चिकित्सक

“चिनियाँ परम्परागत एक्युपञ्चर, एक्युप्रेसर, फिजियोथेरापीलगायत सेवा चिनियाँ चिकित्सकले दिने ”

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

चितवन, ८ साउनः चीन सरकारको सहयोगमा यहाँ निर्माण भएको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालनकालदेखि चिनियाँ चिकित्सकले सेवा प्रवाह गर्दै आएका छन् ।

अस्पतालका पूर्वकार्यकारी निर्देशक डा देजकुमार गौतम सन् २००५ देखि चिनियाँ चिकित्सक टोली यहाँ आउन थालेको बताउनुहुन्छ । विगतमा प्रत्येक दुई–दुई वर्षमा १५ जनाको चिकित्सक टोली आउने गरेकामा पछिल्लो पाँच वर्षदेखि बर्सेनि नयाँ टोली आउने गरेको गौतमले राससलाई जानकारी दिनुभयो ।

टोलीमा १५ जना फरक–फरक विधाका चिकित्सक, एकजना भान्से र एकजना भाषा मध्यस्थताकर्ता गरी १७ जनाको टोली आउने गर्दछ । उनीहरूले चिनियाँ परम्परागत उपचार पद्धतिबाट पनि यहाँ सेवा दिने गरेको डा गौतम बताउनुहुन्छ । उहाँले भन्नुभयो, “चिनियाँ परम्परागत एक्युपञ्चर, एक्युप्रेसर, फिजियोथेरापीलगायत सेवा चिनियाँ चिकित्सकले दिने गर्नुभएको छ ।”

क्यान्सर अस्पताल स्थापना हुँदा नेपालमा क्यान्सर रोग विशेषज्ञ नभएको अवस्थामा चिनियाँ चिकित्सक आएर यहाँका चिकित्सकलाई क्यान्सर रोगको उपचारबाट ज्ञान र सीप प्रदान गर्ने गरेको डा गौतमको भनाइ छ । उहाँले भन्नुभयो, “यहाँ क्यान्सर रोगको विशेषज्ञ चिकित्सक थिएनन्, अन्य चिकित्सकलाई चिनियाँ क्यान्सर रोग विशेषज्ञले सिकाउनुपर्ने अवस्था थियो ।”

अहिले दुवै देशका चिकित्सकले ज्ञान र सीप आदान प्रदान गर्ने अवस्था छ । पन्ध्रौँ टोलीमा पछिल्लो एक वर्षदेखि नाक, कान, घाँटी (इएनटी) विभागमा कार्यरत चिनियाँ डा हान साङ्जी नेपालमा ‘एड्भान्स स्टेज’मा आउने बिरामीको उपचारबारे आफूहरूले ज्ञान हासिल गरेको बताउनुहुन्छ । साङ्गजीले भन्नुभयो, “चीनमा क्यान्सरको पहिलो–दोस्रो चरणमा बिरामी अस्पताल आउँछन्, यहाँ तेस्रो–चौथो स्टेज पुगेपछि मात्रै धेरैजसो बिरामी अस्पताल आउने गरेको पाइयो ।”

उहाँले भन्नुभयो, “थोरै साधन स्रोतमा जटिल प्रकृतिको उपचार कसरी गर्ने भन्नेबारेमा यहाँबाट सिक्ने अवसर पाइयो ।” नेपालमा विभिन्न अस्पतालमा चाहार्दै क्यान्सर अस्पतालमा बिरामी आइपुग्दा ढिला हुने गरेको उहाँको अनुभव छ । उहाँका अनुसार यहाँका क्यान्सरका बिरामी गाउँका स्वास्थ्यचौकी अन्य अस्पताल हुँदै क्यान्सर अस्पतालसम्म आउन धेरै ढिलो भइसक्छ ।

नेपालमा धेरै सम्मान पाएको बताउँदै बी चुइनले नेपाल आउँदा सुरुका दिनमा केही कठिन भए पनि विस्तारै सहज भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँका डाक्टर, कर्मचारी सहयोगी छन् ।”

पन्ध्रौँ टोलीका अर्थाेपेडिक सर्जन डा बी चुइन चाङ नेपाली चिकित्सकसँग छलफल गरेर उपचार गर्ने गरेको बताउनुहुन्छ । नेपालका अन्य अस्पतालमा आधा उपचार गरेर क्यान्सरका बिरामी पठाउने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “क्यान्सरका बिरामी अन्य अस्पताल पुग्छन्, त्यहाँ आधा उपचार हुन्छ, बल्ल क्यान्सर अस्पताल आउँछन् ।” नेपालका अन्य चिकित्सकलाई पनि क्यान्सर रोगबारे सिकाउनुपर्ने उहाँको सुझाव छ ।

नेपालमा अझै पनि प्रविधि र सीपको अभाव रहेको डा चुइनको अनुभव छ । नेपालमा ‘इम्प्लान्ट र थ्रिडी कम्प्युटराइज’ प्रविधि भित्र्याउन सके उपचारमा सहज हुने बताउनुभयो । उहाँले नेपालमा ‘बायो इन्जिनियरिङ’को पनि अभाव रहेको औँल्याउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तल्लो अरुण जलविद्युत् आयोजना : सोमबार शिलान्याश हुँदै
२०८३ मंग्सिर ६, आइतबार
दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न धनकुटाका किसानको माग
२०८३ मंग्सिर ६, आइतबार
अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता
२०८३ मंग्सिर ६, आइतबार
साहित्यकारले विकृतिमाथि प्रश्न उठाउँदै सकारात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्छ : सभामुख अर्याल
२०८३ मंग्सिर ६, आइतबार
पर्सामा आर्थिक अपराधका घटना सबैभन्दा बढी, एक महिनामा ४९ मुद्दा दर्ता
२०८३ मंग्सिर ६, आइतबार
सन्दीपको घातक बलिङ र कुशलको अर्धशतक, यूएईमाथि नेपालको ६ विकेटको शानदार जित
२०८३ मंग्सिर ६, आइतबार
झापा महिला गोल्डकप : १० गोल गर्दै आर्मीले काट्यो सेमिफाइनलको टिकट
२०८३ मंग्सिर ६, आइतबार