कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

मन्त्रिपरिषदको बैठकका निर्णयहरु सार्बजनिक

विश्व बैंकबाट थप १३ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्नका लागि वार्ता गर्न अर्थमन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः सरकारले समृद्ध वन आयोजनाका लागि विश्व बैंकबाट थप १३ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्नका लागि वार्ता टोली गठन गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले समृद्धिका लागि वन आयोजनाका लागि विश्व बैंकबाट थप १३ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्नका लागि वार्ता गर्न अर्थमन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय भएको जानकारी दिए।

त्यस्तै बैठकले साउन २२ देखि २४ गतेसम्म भारतमा आयोजना हुने विमष्टेक व्यापार सम्मेलनमा सहभागी हुन उद्योगमन्त्री नेतृत्वको टोलीलाई स्वीकृत दिने निर्णय गरेको छ भने फ्रान्सको पेरिसमा आयोजना हुने गृष्मकालीन ओलम्पिकमा सहभागी जनाउन खेलकुद मन्त्रीलाई स्वीकृति प्रदान गर्ने निर्णय गरिएको उनले बताए।

बैठकले लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयको प्रमुख सचिव पदमा सहसचिव महादेव पन्तलाई कायममुकायम मुकरर गर्ने निर्णय पनि गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया