दैलेख । विषालु च्याउ खादा दैलेखमा एकै परिवारका चार जना विरामी परेका छन । जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा डुङ्गेश्वर गाउँपालिका वडा–२ लाकुरीका एकै घरका चार जना विरामी परेका हुन् ।
बिरामी हुनेमा बर्ष ३० कि अमृता बिक , १३ बर्षीय छोरी मिना बिक, ९ वर्षीय छोरी रन्जना बिक र ५ वर्षीय छोरी शर्मिला बिक रहेको डुडुङ्गेश्वर गाउँपालिका (२का वडाध्यक्ष याम बहादुर बिष्टले बताए ।च्याउ खाएदेखि नै उनीहरु बिरामी परेको जानकारी दिए ।
च्याउ खाएलगत्तै लगातार बान्ता हुन थालेको थियो। विरामिलाई राति नै स्वास्थ्य सेवा कार्यालय दैलेखमा भर्ना गरिएको छ । अहिले उनीहरुको स्वास्थ्य सेवा कार्यालय दैलेखमा उपचार भईरहेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया