मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

स्वास्थ्य क्षेत्रको सुधारका लागि एकीकृत स्वास्थ्य प्रणाली आवश्यक : स्वास्थ्यमन्त्री पौडेल

राम्रोसँग सुधार र समन्वय गर्नसके भइरहेको जनशक्तिबाट नै राम्रो परिणाम दिन सकिने दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका लागि एकीकृत स्वास्थ्य प्रणाली विकास गर्न जरुरी रहेको बताएका छन्।

शनिवार वीर अस्पतालको १३५ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले वीर अस्पताल भित्रका सबै इकाइहरूको समन्वय हुन आवश्यक रहेको पनि बताएका हुन्।

अस्पतालकाे व्यवस्थापकीय पक्षमा उल्लेख्य सुधार हुन नसकेको जिकिर गर्दै राम्रोसँग सुधार र समन्वय गर्नसके भइरहेको जनशक्तिबाट नै राम्रो परिणाम दिन सकिने उनले बताए।

उनले भने,’ हामी यहाँ प्रशासनिक, चिकित्सक र प्राविधिकहरू १८ सय जनशक्ति भएको जानकारी प्राप्त गरेको छु। त्यो जनशक्ति पूर्ण हो मैले भन्न खोजेको होइन, तर त्यो जनशक्तिको संख्या सानो होइन। त्यसले मेहनत गर्ने हो भने हामीले ठूलो उपलब्धि दिनसक्छौँ। त्यसैले वीर अस्पताल भित्रका सबै इकाइहरूको समन्वय हुन जरुरी छ।’ 

उनले खरिद प्रक्रियाका बारेमा उठेका प्रश्नहरू परादर्शी बनाउन आवश्यक रहेको बताए।  उनले वीर अस्पतालले प्रभावकारी सेवा प्रवाह गर्न नसकेको गुनासो आइरहेको भन्दै इमर्जेन्सी सेवा, अप्रेसनका लागि वर्ष दिन कुर्नुपर्ने बाध्यताको अन्त्य गर्न जरुरी रहेको बताए। उनले सेवाग्राहीहरूलाई सेवा लिँदा सन्तुष्टि प्राप्त नगरेको जनगुनासो आएको भन्दै त्यसमा पनि विशेष ध्यान दिन निर्देशन दिए।

उनले भने,’व्यवस्थापकीय पक्षमा हामीले सुधार र समन्वय राम्रो गर्ने हो भने यही साधन श्रोतभित्र हामीले राम्रो परिणाम दिनसक्छौँ । कतिपय उठेका प्रश्नलाई हामीले आत्मसाथ गरौँ। खरिद प्रक्रिया पारदर्शी छैन, त्यसलाई छैन भने पारदर्शी बनाऔँ। वीर अस्पतालको सबै व्यवहार र कारोबार पारदर्शी हुने व्यवस्था गरौँ।’ 

कार्यक्रममा बोल्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति डा. भूपेन्द्र बस्नेतले वीर अस्पतालले विशिष्ट र अतिविशिष्ट सेवाहरूमा धेरै केन्द्रित गरिरहेको बताए। उनले वीर अस्पताल अति नै विशिष्टीकृत अस्पताल बनाउने गरी काम गरिरहेको बताए।  उनले इमर्जेन्सी सेवालाई सय शैयामा बिस्तार गर्न लागेको र टेण्डर प्रक्रियामा जान लागेको पनि बताए।

उनले भने,’विशिष्ट र अतिविशिष्ट सेवाहरूमा धेरै केन्द्रित गरेका छौँ। यो वीर अस्पताल अति नै विशिष्टिकृत अस्पताल बनोस्। जसमा बिरामीले आउँदा सहज र गुणस्तरीय सेवा पाउन सकुन्। हामीले वीर अस्पतालको स्तरोन्नतिका लागि केही कामहरू गरेका थियौँ। अहिले पनि विभिन्न चरणमा अघि बढेका छौँ। खासगरी हाम्रा केही समस्या छन्। जसलाई केही समयमै हल गर्न काम गरिरहेका छौँ।

हाम्रोमा इमर्जेन्सीमा आउने बिरामीहरूलाई समस्या छ, हामी त्यो सेवालाई सय बेडको स्तरोन्नति गर्न यस वर्ष बजेट राखेका छौँ । जुन काम हामी डिजाइन भइसकेको छ। हामी टेण्डरको प्रक्रियामा छौँ। चाँडै अघि बढाउँछौँ। आइसियुको एक सय बेडमा लैजाने गरी हामीसँग क्षमता छ, त्यसलाई चाँडै पूरा गर्छौं। हामीले योग्यता/क्षमताको आधारमा सय जना नर्स राखेका छौँ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तल्लो अरुण जलविद्युत् आयोजना : सोमबार शिलान्याश हुँदै
२०८३ मंग्सिर ६, आइतबार
दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न धनकुटाका किसानको माग
२०८३ मंग्सिर ६, आइतबार
अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता
२०८३ मंग्सिर ६, आइतबार
साहित्यकारले विकृतिमाथि प्रश्न उठाउँदै सकारात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्छ : सभामुख अर्याल
२०८३ मंग्सिर ६, आइतबार
पर्सामा आर्थिक अपराधका घटना सबैभन्दा बढी, एक महिनामा ४९ मुद्दा दर्ता
२०८३ मंग्सिर ६, आइतबार
सन्दीपको घातक बलिङ र कुशलको अर्धशतक, यूएईमाथि नेपालको ६ विकेटको शानदार जित
२०८३ मंग्सिर ६, आइतबार
झापा महिला गोल्डकप : १० गोल गर्दै आर्मीले काट्यो सेमिफाइनलको टिकट
२०८३ मंग्सिर ६, आइतबार