कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

मुख्यमन्त्री लामाको राजनीतिक सल्लाहकारमा विनोद शाह नियुक्त

नुवाकोटका शाहलाई प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

हेटौँडा, साउन १३ गते। बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङको प्रमुख राजनीतिक सल्लाहकारमा विनोद शाह नियुक्त हुनुभएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नुवाकोटका शाहलाई प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो।

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले मन्त्रिपरिषद् बैठकले शाहलाई मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको जानकारी दिनुभयो।

नुवाकोटको तादी गाउँपालिका २ का शाह प्रदेश सुशासन ऐन २०७७ मा भएको व्यवस्था अनुसार प्रमुख राजनीतिक सल्लाहकारमा शाह नियुक्त हुनुभएको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया