श्रावण २, २०८२ शुक्रबार July 18, 2025

गण्डकी प्रदेश : पशुमा पूर्णखोप अभियान

खोपकै कारण महामारीजन्य रोगबाट पशुलाई बचाउन र सम्भव भएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गण्डकी प्रदेशमा पशुमा पूर्णखोप कार्यक्रमअन्तर्गत गत आर्थिक वर्ष २०८०/८१ मा २० लाख ४८ हजार तीन सय ६८ मात्रा खोप लगाइएको छ। गण्डकी प्रदेश सरकारले रोगको कारणबाट पशुजन्य उत्पादनको गिरावटलाई घटाउने उद्देश्यले प्रदेशका ११ वटै जिल्लाका ८५ वटा स्थानीय तहमा पशुमा पूर्णखोप कार्यक्रम सञ्चालन गरेको थियो।

खोप कार्यक्रममा गाईभैँसीलाई लाग्ने खोरेत, भ्यागुते, चरचरे, बङ्गुरमा देखिने क्लासिकल स्वाइन फिभर, बाख्रामा देखिने पिपिआर र कुकुरलाई लाग्ने रेबिज रोगविरुद्ध खोप अभियान सञ्चालन गरिएको थियो‍।

गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालय मातहतको पशुपक्षी निर्देशनालय पोखराले गाईभैँसीमा खोरेतविरुद्ध छ लाख १८ हजार आठ सय ३३, भ्यागुते/चरचरेविरुद्ध एचएसविक्यु खोप गाईभैँसीलाई ७९ हजार दुई सय ४४, लम्पीस्किन गाईभैँसीलाई एलएसडी खोप एक लाख एक हजार आठ सय ७२ मात्रा लगाएको जनाएकाे छ।

यसैगरी भेडा तथा बाख्रामा पिपिआर खोप ११ लाख ३९ हजार पाँच सय १९, कुकुरलाई रेबिजविरुद्धको खोप ६६ हजार एक सय ५२ र बङ्गुरलाई सिएफएस खोप ४२ हजार चार सय ४८ डोज लगाइएको थियो।

खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि ८५ पालिकाका सात सय ५९ वटै पालिकाका खोप कार्यक्रम सञ्चालन भएको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयका महानिर्देशक डा प्रेरणा सेढाई भट्टराईले बताइन्।

गत वर्ष निर्देशनालयले पूर्णखोप कार्यक्रमका लागि रु ११ करोड ८४ लाख बजेट विनियोजन गरेकामा रु नौ करोड ५४ लाख ४३ हजार खर्च भएको बताइन्छ। गण्डकी प्रदेश सरकारले पशुमा सङ्क्रामक रोग उन्मूलन गरी गुणस्तरीय पशुजन्य उत्पादन सुनिश्चित गर्ने उद्देश्यले विसं २०७८ देखि पशुमा खोप कार्यक्रम सुरु गरेको हो।

जिल्लास्थित भेटेरिनरी अस्पतालले स्थानीय तहका पशु शाखासँगको सहकार्यमा पशुमा पूर्णखोप कार्यक्रम सञ्चालन गरेका हुन्।

‘पशुमा पूर्णखोप कार्यक्रम गण्डकी प्रदेशमा अत्यन्त प्रभावकारी भएको छ,’ महानिर्देशक भट्टराईले भनिन्, ‘खोपकै कारण महामारीजन्य रोगबाट पशुलाई बचाउन र सम्भव भएको छ, यस कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएका छौं।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार