भाद्र ११, २०८३ बिहिबार August 27, 2026

सरकारले मिडियालाई कमजोर हुन दिँदैन : उपप्रधानमन्त्री पौडेल

मिडियाले उठाएका मुद्दालाई सरकारले गम्भीर रूपमा लिने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, साउन १६ गते। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले मिडियालाई कमजोर हुन नदिने प्रतिबद्धता जनाउनुभएको छ।

मूलधारका मिडियाका सञ्चालक, व्यवस्थापकसँगको भेटमा बुधबार उपप्रधानमन्त्री पौडेलले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो। उहाँले मिडियाले उठाएका मुद्दालाई सरकारले गम्भीर रूपमा लिने पनि बताउनुभयो।

उहाँले सरकार र मिडियाको सम्बन्धलाई जीवन्त र घनिष्ठ बनाएर लैजाने बताउनुभयो। उहाँले सरकारकारप्रति आलोचनाको हकलाई कमजोर हुन नदिने बताउनुभयो। लोकतन्त्रको सबलीकरणका लागि मिलेर अघि बढ्न आग्रह गर्नुभयो।

सापेक्षिक रूपमा राजनीतिक स्थायित्व र आर्थिक, सामाजिक रूपान्तरणका एजेण्डा अघि बढाइ मुलुकलाई समृद्धितर्फ डोर्‍याउनेतर्फ सरकार केन्द्रित रहेको बताउनुभयो। स्थिरता र स्थायित्वको सवालमा विश्वास गर्नसक्ने स्थानमा आएको दाबी गर्नुभयो।

उहाँले भन्नुभयो, ‘हाम्रो सामर्थ्य, हाम्रो पहुँच, हाम्रो दायरा भन्दा बाहिर परिस्थिति काबु भन्दा पर पुग्यो भन्ने नठान्नु होला। जरुर यहाँहरू समस्यामा हुनुहुन्छ। समस्या गम्भीर प्रकृतिका पनि छन्। तर समाधानको दायरा भन्दा बाहिर छैन। काबु भन्दा बाहिर परिस्थिति गइसकेको छैन। सरकारले मिडिया हाउस र मिडियालाई कमजोर हुन दिँदैन। यति चाहिँ दाबीका साथ भन्छु। यहाँहरूले उठाएका मुद्दालाई व्यवस्थित रूपमा हेर्नेछु। सरकार र मिडियाको सम्बन्ध, राजनीतिक दलसँगको सम्बन्धका बारेमा धेरै भन्नु पर्दैन। राजनीतिक दल र मिडिया, सरकार र मिडियाबिचको सम्बन्धलाई हामीले जीवन्त र घनिष्ठ बनाएर लैजाऔँ। सरकारकारप्रति आलोचनाको हकलाई भने कुनै हिसाबले कमजोर हुनु हुँदैन। रचनात्मक र सकारात्मक आलोचना सरकारले स्वागत गर्नेछ।’’

उपप्रधानमन्त्री पौडेलले देशको अर्थतन्त्रलाई शिथिलताको अवस्थाबाट गतिशील, चलायमान बनाउनुपर्ने, उत्पादन, रोजगारी वृद्धि र उत्पादनका हरेक क्षेत्रको आत्मविश्वास र मनोबल उठाउनुपर्ने अवस्था रहेको बताउनुभयो। उत्पादन वृद्धिसँगै राजश्व, पुँजीगत खर्च गर्ने सामर्थ्य वृद्धि, व्यापार असन्तुलनलाई अन्त्य गर्ने कुरामा ध्यान दिने बताउनुभयो। उहाँले गतिशील र सबल अर्थतन्त्र निर्माण गर्ने चुनौती रहेको बताउनुभयो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग
२०८३ भाद्र ११, बिहिबार
बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग
२०८३ भाद्र ११, बिहिबार
टप एन्ड टी–२० सिरिज : हैदरावादसँग नेपाल ‘ए’ पराजित
२०८३ भाद्र ११, बिहिबार
वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष
२०८३ भाद्र ११, बिहिबार
कर्णाली प्रदेश सरकारमा नेकपाबाट तीनजना मन्त्री नियुक्त
२०८३ भाद्र ११, बिहिबार
कर्णाली काँग्रेसका प्रदेश सभा सदस्यहरूले भोटेकोशी बाढीपीडितलाई रु. दुई लाख २५ हजार सहयोग गर्ने
२०८३ भाद्र ११, बिहिबार
हिमालयन रिइन्स्योरेन्सकी सिइओ पौडेल पक्राउ
२०८३ भाद्र ११, बिहिबार