कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

नवनियुक्त प्रदेश प्रमुखहरूको शपथग्रहण आज

बागमती, कर्णाली र लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुखले आजै साँझ शपथ लिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नवनियुक्त प्रदेशप्रमुखहरूले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्।

शीतलनिवासमा अपराह्न ५ बजे उनीहरूको शपथ कार्यक्रम तय भएको छ।

बागमतीमा दीपकप्रसाद देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रदेशप्रमुखको शपथ लिन लागेका हुन्।

मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा १६३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले उनीहरूलाई बुधबार प्रदेशको प्रमुख नियुक्त गरेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया