श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

मङ्किपक्स सङ्क्रमण अत्यधिक मात्रामा वृद्धि भएको अफ्रिकी चिकित्सकको भनाइ

कङ्गोमा मङ्कीपक्स सङ्क्रमित ८५ प्रतिशत व्यक्तिको मृत्यु भएको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः यस वर्षसम्म  मङ्किपक्स मामिलाहरू १६० प्रतिशतले बढेको अफ्रिकाका विभिन्न अस्पतालमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीले बताएका छन् ।

मङ्किपक्स  भाइरसको कारणले सर्ने र मानिस तथा जनावरहरूमा देखापर्ने सङ्क्रामक रोग हो । यो रोग लागेमा ज्वरो आउने, लसिका ग्रन्थीहरू सुन्निने, छालामा फोका देखापर्ने, र पाप्रा लाग्नेजस्ता लक्षणहरू देखिन्छन् ।

यो भाइरसको सङ्क्रमण कङ्गोसहित १० अफ्रिकी देशहरूमा फेला परेको अफ्रिकी रोगथाम तथा नियन्त्रण केन्द्रले बुधबार जारी गरेको प्रतिवेदनमा भनिएको छ ।

कङ्गोमा लगभग ७० प्रतिशत सङ्क्रमणहरू १५ वर्ष भन्दा कम उमेरका बालबालिकामा छन् । कङ्गोमा मङ्कीपक्स सङ्क्रमित ८५ प्रतिशत व्यक्तिको मृत्यु भएको जनाइएको छ ।

यस वर्ष अहिलेसम्म १४ हजार २५० सङ्क्रमित भेटिएको अनुमान गरिएको छ । बुरुन्डी र रुवान्डा दुबै देशमा यस हप्ता पहिलो पटक भाइरस फेला परेको पुष्टि गरिएको छ ।

यस हप्ता केन्या र मध्य अफ्रिकी गणतन्त्रमा पनि नयाँ प्रकोपहरूको घोषणा गरिएको थियो ।

मध्य अफ्रिकी गणतन्त्रका जनस्वास्थ्य मन्त्री पियरे सोम्सेले सोमबार भन्नुभयो, “हामी मन्कीपक्सका घटनाहरूका बारेमा धेरै चिन्तित छौँ, यसले राजधानी क्षेत्रलाई प्रभावित गरिरहेको छ ।”

पूर्वी कङ्गोमा अक्टोबरदेखि जनवरीसम्म अस्पतालमा भर्ना भएका बिरामीहरूको मूल्याङ्कनबाट भाइरसमा भर्खरै भएको आनुवांशिक उत्परिवर्तनहरू मानिसहरूमा निरन्तर फैलिएको कारण भएको निश्कर्ष निकालिएको छ ।

‘डक्टर्स विदाउट बोर्डर्स’ले विस्तार भइरहेको एमपक्स प्रकोपलाई चिन्ताजनक भनेको छ । यो रोग रूवान्डासँगको सिमाना साझा गर्ने कङ्गोको उत्तरी किभु क्षेत्रमा विस्थापित व्यक्तिहरूको शिविरमा पनि देखिएको थियो ।

कङ्गोका लागि समूहका मेडिकल डाइरेक्टर डा लुइस मासिङले यो रोग मानव जीवनका लागि वास्तविक जोखिम रहेको बताउनुभएको छ र देशमा सकेसम्म छिट्टै खोपहरूको व्यवस्थाका लागि विश्व समुदायसँग आग्रह गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
२०८३ श्रावण २९, शुक्रबार
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ पदमा जागिर खुल्यो, भदौ १२ सम्म आवेदन
२०८३ श्रावण २९, शुक्रबार
सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य
२०८३ श्रावण २९, शुक्रबार
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
२०८३ श्रावण २९, शुक्रबार
काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त
२०८३ श्रावण २९, शुक्रबार
‘विगत बिर्सेर कांग्रेस एकताका लागि पहल गरौँ’ : डा. प्रकाशशरण महत
२०८३ श्रावण २९, शुक्रबार
मुग्लिन–मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम
२०८३ श्रावण २९, शुक्रबार