काठमाण्डाैंः गण्डकी प्रदेशमा बिहिबार बिहान थप ८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १४ पुगेको छ ।
गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश क्षयरोग केन्द्र पोखरामा गरीएको परीक्षणमा बागलुङका १ जना, स्याङ्जाका २ जना, तनहुँका ३ जना र पर्वतका २ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
आज पुष्टि भएका सबै संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र सबैलाई सम्बन्धित जिल्लाका आइसोलसनमा लगिएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले जानकारी दिएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया