श्रावण १४, २०८२ बुधबार July 30, 2025

कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै

कुल ४० सदस्य सङ्ख्या रहेको कर्णाली प्रदेशसभामा बहुमतका लागि २१ सांसदको आवश्यक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् । नेकपा माओवादी केन्द्रले यही साउन ७ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कँडेलले आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिन लागेका हुन् ।

सरकारमा सहभागी भएका कुनै एक दलले समथर्गन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्थाअनुसार मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएको कर्णाली प्रदेश सभाका सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।

संविधानको धारा १६८ को उपधारा २ अनुसार कँडेल २८ चैत २०८० मा मुख्यमन्त्री नियुक्त भएका थिए । कुल ४० सदस्य सङ्ख्या रहेको कर्णाली प्रदेशसभामा बहुमतका लागि २१ सांसदको आवश्यक पर्छ ।

नयाँ सत्ता गठबन्धन (एमाले–काँग्रेस)दलहरूको २४ सांसद छन् । नेकपा माओवादी केन्द्रका १३, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रको एक–एक प्रदेशसभा सदस्य रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वनमन्त्री शाही नर्वेमा उच्चस्तरीय कार्यक्रममा व्यस्त
२०८२ श्रावण १५, बिहिबार
मितव्ययी बन्दै प्रधानमन्त्री कार्यालय, घट्यो खर्च
२०८२ श्रावण १४, बुधबार
नेपाल ओलम्पिक कमिटीको तदर्थ कमिटी छिट्टै : मन्त्री चौधरी
२०८२ श्रावण १४, बुधबार
संसद् र सांसदहरू अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ पार्ने साधन पनि हो : सभामुख
२०८२ श्रावण १४, बुधबार
एन्फा यु–१६ युथ लिग : एपिएफ र श्री भगवतीको बराबरी
२०८२ श्रावण १४, बुधबार
एथलेटिक्स सङ्घमा राजीव विक्रम शाह पुन: निर्वाचित
२०८२ श्रावण १४, बुधबार
विश्वकप टेबलटेनिसको दक्षिण एसियाली छनोट च्याम्पियनसिप छनोट सुरु
२०८२ श्रावण १४, बुधबार